भुपु विद्यार्थी मञ्चद्धारा रामतुलसी माविमा शुभकामना

0
280

सुशीला रेग्मी
असोज३०,२०७८पाल्पा :भुतपूर्व विद्यार्थी मञ्च रामतुलसी माध्यमिक विद्यालय रामपुर पाल्पाले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
शनिवार विद्यालयमा एक कार्यक्रमका बीच विजयादशमी, दिपावली, छठपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।
मञ्चका अध्यक्ष शालिकराम कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले यस विद्यालयले सबै क्षेत्रसंग जोडिएको हुदा यहाँबाट उर्तिण भएर अन्यत्र गएका विद्यार्थीले राम्रो प्रगति हासिल गरेको बताउनुभयो ।
यहाँ अध्ययनरत विद्यार्थी राज्यको विभिन्न उच्च तहमा पुगेको बताउनुहुदै नगर उपप्रमुख आचार्यले विभिन्न क्षेत्रमा छरिएर रहेका पूर्व विद्यार्थीलाई गोलबद्ध बनाएर संजाल फैलाउनुपर्ने बताउनुभएको छ ।
पूर्व विद्यार्थी तथा समाजसेवी देवराज ढकालले यस विद्यालयले उत्पादन गरेका विद्यार्थीले विभिन्न क्षेत्रमा आबद्ध रही उच्च ओहोदामा रहेर काम गरेको बताउनुहुदै रामतुलसी माविको नाम लिदा आफूलाई धेरै गर्व लाग्ने गरेको बताउनुभयो । रामपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति सदस्य हिमाल मल्लले विद्यालयले उत्पादन गरेका विद्यार्थी विभिन्न क्षेत्रमा अब्बल भएर काम गरेको देख्न पाउँदा खुशी लागेको बताउनुभएको छ ।
भुतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कंडेलद्धारा आफ्ना छोराछोरी संकल्प र सलोनीको नाममा विद्यालयलाई ५१ हजार ६७० रुपैयाँ बराबरको स्नेहा छात्रवृत्ति अक्षयकोष रकमको चेक हस्तान्तरण गर्नुभएको छ ।
नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रधानाध्यापक बालकृष्ण लम्साल लगायतलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरिएको छ । सो रकम कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने सहयोगदाता कंडेलले बताउनुभयो ।
साथै अध्यक्ष कंडेलले यसभन्दा अघि पनि रामतुलसी माविमा आफ्ना पिता तारानाथ कंडेल र माता तिलमाया कंडेलको नाममा ५१ हजार ४७० रुपैयाँ बराबरको सम्मान छात्रवृत्ति अक्षयकोष स्थापना गरिसक्नुभएको छ । दरैठाँटी माविमा पनि माता तिलमाया कंडेल र पिता तारानाथ कंडेलको नाममा ५१ ह्जार ६०६ रुपैयाँ बराबरको सम्मान छात्रवृत्ति अक्षयकोष स्थापना गरिदिनुभएको छ । आफूले जीवनमा कमाई गरेको केही रकमले शैक्षिक क्षेत्रमा लगानी गर्ने मनसायले छात्रवृत्ति अक्षयकोष स्थापना गरेको कंडेलको भनाई छ ।
विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यालयमा हालसम्म विभिन्न व्यक्तिबाट करिव २० लाख बराबरको छात्रवृत्ति अक्षयकोष स्थापना भएको जानकारी दिनुहुदै छात्रवृत्ति अक्षयकोष स्थापना गरी विद्यालयलाई सहयोग गर्नुभएकोमा सहयोगदातालाई धन्यवाद दिदै यसैवर्ष देखि विद्यार्थीलाई सुबिधा दिन स्कुल बस सञ्चालनमा ल्याइएको बताउनुभएको छ ।
भुतपूर्व विद्यार्थी मञ्चका सदस्य महेश पौडेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव विष्णु रेग्मीले गर्नुभएको हो

SHARE