रामपुर साकोसद्धारा शुभकामना आदानप्रदान

0
314

सुशीला रेग्मी
रामपुर (पाल्पा), २५ असोज : रामपुर वचत तथा ऋण सहकारी संस्था पाल्पाले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नजिकिदै गरेको विजयादशमी तथा शुभ दिपावली, छठपर्वको अवसर पारी एक कार्यक्रमका बीच शुभकामना आदानप्रदान गरेको छ । संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । अध्यक्ष श्रेष्ठले संस्था बिधि, नीति र प्रक्रियामा चल्ने हुदा संस्थासंग आबद्ध व्यक्ति संस्थाप्रति बफादार भएर लाग्नुपर्ने बताउनुहुदै समयानुकुल आएका प्रबिधिलाई अवलम्वन गर्दै जान सकेमा संस्था अगाडी बढ्ने बताउनुभयो । कोभिड १९ को असर अझैपनि कायम रहेको हुदा सर्तक भएर सुरक्षित तरिकाले चाडपर्व मनाउन अध्यक्ष श्रेष्ठले अनुरोध गर्दै शुभकामना दिनुभएको छ ।
उपाध्यक्ष नगिलाल पौडेलले स्वागत गर्दै संस्थासंग आबद्ध व्यक्ति संस्थाको हितमा सक्रिय भएर लाग्न सुझाव दिनुहुदै शुभकामना व्यक्त गर्नुभएको छ । कार्यक्रमको संचालन कोषाध्यक्ष भोजराज भट्टराईले गर्नुभएको थियो । संस्थाको कार्यालय बेझाड बजारमा भएको कार्यक्रममा संचालक समितिका पदाधिकारी, विभिन्न उपसमिति सदस्य, लेखा समिति, कर्मचारी लगायतको सहभागीता रहेको थियो । यस संस्थामा हाल चार हजार चार सय सेयर सदस्य आबद्ध छन् ।

SHARE