गुल्मीमा चिर्पट प्रहार गरी भतिजद्धारा ठूलीआमाको हत्या

0
401
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

असोज२५,२०७८ गुल्मीःगुल्मीमा चिर्पट प्रहार गरी भतिजले ठूलीआमाको हत्या गरेका छन् ।
जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर १३ दुबिचौरका २५ बर्षीय प्रकाश बिकले ६० बर्षीय ठुलीआमा पार्वती बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
आइतबार साँझपख चिर्पट प्रहार गर्दा टाउकोमा गम्भीर चोट लागेकी बिककोे गुल्मी अस्पतालमा ल्याउदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठूलीआमाको हत्या गर्ने प्रकाश प्रहरीको नियन्त्रण रहेका छन् । प्रकाशले ठुली आमाको ब्यबहार मन नपरेर चिर्पट प्रहार गरेको प्रहरी समक्ष बताएको भट्टराईले बताए । शबलाई पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE