पाल्पामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

0
261

सुशीला रेग्मी
असोज२४,२०७८पाल्पाः पाल्पाको बगनासकाली गाउँपालिका – २ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
आईतबार बिहान करिव ७ः३० वजेको समयमा स्याङ्गजाबाट बुटवलतर्फ जादै गरेको ग २ ख ३३५ नम्बरको ट्रकले ठक्कर दिदा बगनासकाली २ बस्ने ५९ वर्षीय श्यामबहादुर रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख ज्ञानप्रसाद ज्ञवालीले जानकारी दिए । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

SHARE