दाङबाट हिँडे दशैको लागि खसी बोका

0
393
फाइल तस्बिर

दिवाकर पोख्रेल
देउखुरी, असोज २३ गते । दाङका बाख्रापालक किसानलाई चाडपर्व नजिकदै गर्दा खसी बोका बिक्री गर्न भ्याइ नभ्याई छ ।
दाङको लमही नगरपालिकाको वडा नम्बर ७, ८ र ९ लाई बाख्रा हवको रुपमा विकास योजनाका साथ स्थानीय सरकारले दिर्घकालिन रणनीति बनाएर काम गर्न थालेपछि प्रत्येक बर्ष किसानहरु खसी बोका बिक्री दर बढाउँदै लगेका छन् । विशेषगरी महिलाहरु खसी बोका पालन तर्फ आकर्षीत छन् । उनिहरु महिला सहकारी स्थापन गरी समहुमा आवद्ध भएर सहुलियतमा ऋण लग्ने र व्यवसायीक रुपमा बाख्रापलन गर्दै आइरहेका छन् ।
दाङको लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा रहेका दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष पुनम घर्तीले सहकारी संस्थामा एकहजार छसय जना आवद्ध भएकोमा चारसय जनाले बाख्रा पालन गर्दै आएको त्यसमा २० देखि २५ जनाले मुख्य पेसा नै बाख्रापालन रोजेको जानकारी दिनुभयो ।
घर्तीले भन्नुभयो, गत बर्षको तुलनामा यसवर्ष खसी बोका ३० प्रतिसतले बढेकोले बजारीकरणको लागि स्थानीय सरकार, गैरसरकारी संस्थासंग समेत पहल गरिरहेका छौ, किसानसंग खसी बोका खरिद गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र स्थानीय बजारमा बिक्री गर्ने गरेका छौ ।
दाङ देउखुरी उपत्यकामा बाख्रापालनलाई मुख्य लक्ष्य बनाएर लमही नगरपालिका वडा नम्बर १ निलकमल सामाजिक उद्यमी महलिा सहकारी संस्था, समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्थाले एकसय २० गोटा, ७ नम्बर वडाको दिपन सामाजिक उद्यमी महीला सहकारी र वडा नम्बर ९ को कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले काम गरिरहेका छन् ।
यसबर्ष निलकमल सामाजिक उद्यमी सहकारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई दुइसय गोटा खसी बोका बिक्री गरेको छ । यस्तै दिपनले दुइसय, समुन्नतीले एकसय २०गोटा, कर्मठले चारसय गोटा खसी बोका बिक्री गरेको छ ।
स्थानीय बजारको भन्दा राम्रो मुल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गर्ने भएकाले किसानहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई बढी भन्दा बढी खसी बोका खरिदको लागि आग्रह गर्ने गरेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २५ केजी सम्मको खसीलाई जिउँदो २० देखि २५ किलो सम्मको खसी पाँच ५० प्रतिकिलो २५ देखि माथि पाँचसय ६५ प्रतिकिलो खसी खरिद गर्ने गरेको छ । यस्तै बोकाको पाँचसय ४५ प्रतिकिलोका दरले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गरेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रिय कार्यालयका बरिष्ठ सहायक रुद्र देवकोटाले आफुहरुको बजेट सिलीङ अनुसार मात्र खसी बोका खरिद गर्ने भएकाले धेरै परीमाणमा उठाउन नसक्ने बताउनुभयो । मुल्य सरकारले तोकेअनुसार नै दिने गरेका छौ, तर कोटा सिमीत हुने भएकाले स्थानीयले बढाउन माग गरिरहनु भएको छ, देउखुरी क्षेत्रमा खसी बोकाको उत्पादन बढी भएको देखियो । बाख्रापलनको लागि गैरसरकारी संस्थाले पनि सहयोग ग्रेको छ । हेपर इन्टरनेशनल नेपाल नामक संस्थाबाट कसिानहरुलाई घाँसको विउ र प्राविधिक सहयोग र बजारी करणमा सहयोग पु¥याउदै आएको ग्रामिण महिला उत्थान केन्द्र दाङका कार्यक्रम संयोजक भिमकान्त चौधरीले जानकारी दिनुभयो ।

SHARE