असोज२१,२०७८ गुल्मीःधुर्कोट गाउँपालिकाले मासुमा आत्म निर्भर गाउँपालिका घोषणा भएपछी गाउँपालिका भित्रका ७ वटै वडामा जिउँदो प्रणालि मार्फत खसी बोका बजारिकरण गर्दै आएको छ। जस अन्र्तगत प्रत्येक वडामा रहेका सहकारि मार्फत किसानले उत्पादन गरेका खसी बोकालाई सहजै बिक्री बितरण गर्ने कार्य सम्पन्न गरेको छ।
जस अन्तरगत जम्मा ३२२ वटा खसी बोका बिक्री भएको जसको नौ हजार सात सय ६२ के जी तौल बाट मुल्य रु ४५ लाख ६३ हजार तीन सय ९५ रुपैया बराबरको कारोबार भएको जस अन्तरगत स्थानीय खपत २२८ वटा व्यापारी मार्फत सदरमुकाम तथा जिल्ला बाहिर ९४ वटा बिक्री भएको धुर्कोट गाउँपालिका पशु विकास शाखा अधिकृत श्याम कार्किले जानकारि दिए।
कार्कीका अनुसार जनप्रतिनिधि हरु गाउँपालिकामा संचालित सामुदायिक बिकासका लागि बाख्रा उद्यम परियोजना अन्तरगतका कर्मचारी गाउँपालिका का वडाका प्राविधिक प्रत्येक वडामा गठित सहकारी को सहभागितामा गाउँकार्यपालिकाले निर्णय गरे बमोजिम बिक्री कार्य सम्पन्न भएको बताए।
वडा नं ४ मा हिमचुली कृषि तथा पशु विकास सहकारी सस्था मार्फत ३० वटा विक्री कार्य सम्पन्न भयो सहकारीकि अध्यक्ष तारा खनालको अध्यक्षता धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलको प्रमुख आतिथ्यता पशु विकास शाखा अधिकृत श्याम कार्कीको विशेष आतिथ्यता र वडा अध्यक्ष मान बहादुर कुवरको आतिथ्यतामा सम्पन्न भएको थियो।
वडा नं १ नयाँगाउमा मातृिभुमी कृषि सहकारी मार्फत ७२ वटा सहकारि प्रतिनिधि बालकृष्ण पोख्रेल वडा सदस्य चेतमान कुवर, परियोजनाका प्राविधिक संयोजक नारायण जि सी, सहजकर्ता विष्णु कुवर र कृषि प्राविधिक भावना महतको उपस्थितिमा सम्पन्न भयो। त्यस्तै वडा नं २ पिपलधारामा श्री शुभ सन्देश कृषि सहकारि मार्फत ९७ वटा सहकारी प्रतिनिधि केशव खनाल वडा सदस्य सुमित्रा खनाल, गाउँपालिका पशु प्राविधिक भरत खड्का ,वडा पशु प्राविधिक लक्ष्मण घिमिरे, सामुदायिक सहजकर्ता माया थापाको उपस्थितिमा सम्पन्न भयो।
त्यस्तै वडा नं ३ हाडहाडेमा हाडहाडे कृषि तथा पशु विकास महिला सहकारी सस्था मार्फत ७९ वटा सस्था प्रतिनिधि विष्णु कुमारी काउछा, वडा अध्यक्ष विष्णु थापा श्रीस,वडा पशु प्राविधिक गणेश थापा, सामुदायिक सहजकर्ता लक्ष्मण सुनार लगाएतको उपस्थितिमा सम्पन्न भएको थियो। वडा नं ७ मा वाग्ला कृषि तथा पशु महिला सहकारी सस्था मार्फत ४४ वटा सस्थाकि अध्यक्ष रमिला पुरी वडा सदस्य ढुण्डीराज घिमिरे ,वडा सदस्य सम्झना घिमिरे, पशु विकास शाखा अधिकृत श्याम कार्कि परियोजना संयोजक शंकर नेपाली पशु प्राविधिक निरज जि सी पशु प्राविधिक नरेन्द्र भण्डारी पशु स्वास्थ कार्यकर्ता हेमराज धिमिरे को सहभागितामा सम्पन्न भएको थियो।
यसरी जिउदो प्रणाली बाट खसी बोका बिक्री हुदा कृषकलाई फाईदा भएको र जसका कारण कृषान ठगिन नपरेको र आफुले उत्पादन गरेको खसी बोका सहजै बिक्री भएको हुदा आफुहरु लाई फाईदा भएको कृषक भोज बहादुर जि सी ले वताए।
गाउँपालिकाले खसी बोकाको मूल्य निर्धारण गरेको र सोहि अनुसार १९ के जी सम्म को मूल्य रु प्रति के जी ४२५ रूपैया, २० देखि २९ के जी सम्मको लाई रु ४५० रुपैया ३० देखि ३९ के जि सम्म रु ४७५ र ४० केजि भन्दा माथिको लाई रु ५०० का दरले मूल्य निर्धारण भएको र सहकारी मार्फत बिक्री गर्दा कृषकलाई गाउँपालिकाले प्रोत्साहन स्वरुप रु ३० का दरले अनुदान को व्यावस्था गरेको पशु विकास अधिकृत श्याम कार्कीले बताए।
कार्यक्रम भव्य रुपमा सम्पन्न भएको सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजनाका प्राविधिक संयोजक नारायण जि सी ले जानकारी दिए