गुल्मीका सबै पालिकामा नेपाली कांग्रेसको अबिधेशन सम्पन्न

0
273

जनक पन्थ
असोज२१,२०७८ गुल्मीः नेपाली कांग्रेस गुल्मीको १४ औं महाधिबेशन अन्र्तगत पालिका अबिधेशन सम्पन्न भएको छ । जिल्लाका दुई नगरपालिका र १० वटा गाउँपालिका गरि १२ वटा स्थानीय तहहरु मध्ये २ वटामा निर्वाचन मार्फत र १० वटामा अधिबेशन सम्पन्न भएको नेपाली कांग्रेस गुल्मीले जनाएको छ ।
मंगलवार र बुधवारसम्म चलेको अबिधेशनबाट मुसिकोट नगरपालिकामा मोहन घिमिरे र कालिगण्डकी गाउँपालिकामा निमबहादुर श्रीस निर्वाचन मार्फत सभापतिमा चयन भएका हुन् । सर्बसहमत भएका स्थानीयतहरुमा रेसुङ्गा नगरपालिकामा जयश्वर पन्थी, मदाने गाउँपालिकाको सभापतिमा महेन्द्र कुँवर, मालिका गाउँपालिकाको सभापतिमा उप्रेन्द्र अर्याल, इस्मा गाउँपालिकाको सभापतिमा कृष्ण रिजाल चयान भएका छन् ।
त्यस्तै धुर्कोट गाउँपालिकाको सभापतिमा हरिबहादुर थापा, गुल्मीदरबार गाउँपालिकाको सभापतिमा प्रेम पुन, छत्रकोट गाउँपालिकाको सभापतिमा धातान्नद भुसाल चयन भएका छन् । रुरुक्षेत्र गाउँपालिकाको सभापतिमा देवेन्द्र मल्ल, सत्वति गाउँपालिकाको सभापतिमा बिष्णु भण्डारी र चन्द्रको गाउँपलिकाको सभापतिमा बिष्णुप्रसाद भण्डारी चयन भएको नेपाली कांग्रेस गुल्मीले जनाएको छ ।

SHARE