रामतुलसी माविमा स्वागत तथा शुभकामना कार्यक्रम

0
337

सुशीला रेग्मी
रामपुर (पाल्पा), २० असोज
रामतुलसी मावि रामपुर पाल्पामा नयाँ विद्यार्थीलाई स्वागत तथा विजयादशमी एवम् शुभ दिपावली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीको आयोजनामा ११ कक्षामा भर्ना भएका नयाँ विद्यार्थीलाई खादा ओढाएर स्वागत गरिएको छ । शिक्षाशास्त्र, विज्ञान र व्यवस्थापन संकायमा भर्ना भएका २४४ जना विद्यार्थीलाई उज्ज्वल भविष्यको कामना सहित स्वागत गरिएको छ ।
विद्यार्थी दिपेन्द्र रजालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल रहनुभएको हो । प्रमुख अतिथि पौडेलले विद्यार्थी भाईबहिनीले गरेको यस कार्यक्रम अत्यन्तै राम्रो रहेको बताउनुहुदै विद्यालयले समयानुसारको प्राबिधिक शिक्षामा जोड दिएकाले यस विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गइरहेको बताउनुभयो । प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यार्थीले आयोजना गरेका हरेक गतिबिधिमा विद्यालयले साथ र सहयोग दिदै आएको बताउनुहुदै अनुशासित र लगनशिल भएर पढ्न आग्रह गर्नुभएको छ । विद्यार्थी रक्षा पंगेनीले यस्ता कार्यक्रमले पढाईमा उत्प्रेरणा मिल्ने बताउनुहुन्छ । उर्मिला पुलामीको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सन्दिप बयम्बुले गर्नुभएको हो । कार्यक्रमको अवसरमा नजिकिदै गरेको नेपालीहरुको महान् चाड विजयादशमी तथा शुभ दिपावलीको अवसरमा एक आपसमा शुभकामना आदानप्रदान भएको छ । विद्यार्थीले नाचगान गरेर रमाइलो संग कार्यक्रम सम्पन्न गरेका छन् ।

SHARE