पाल्पामा ट्याक्टर दुर्घटना: चार घाइते

0
269

सुशीला रेग्मी
रामपुर (पाल्पा), १८ असोज :रामपुर नगरपालिका ४ छतिवनडाँडामा ट्याक्टर दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । पाल्पाको निस्दी गाउँपालिका ४ मित्याल देखि रामपुरतर्फ आउँदै गरेको वन टेष्ट खाली ट्याक्टर सोमबार साँझपख दुर्घटना हुदा चालक सहित चार जना घाइते भएका हुन् ।
ट्याक्टर चालक रामपुर ६ तिलकपुर बस्ने ३६ वर्षीय जितबहादुर सारु, निस्दी गाउँपालिका ५ गल्धाका ३९ वर्षीय विष्णुदेवी अर्याल, ५० वर्षीय लक्ष्मी अर्याल र रुपन्देहीका ३५ वर्षीय मिनक मुसलवान घाईते भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
ट्याक्टर सडक देखि करिव ४१ मिटर तल छ । घाईतेको रामपुर अस्पतालमा उपचार पश्चात तीन जनालाई डिस्चार्ज गरिएको छ । लक्ष्मी अर्याललाई थप उपचारको लागि युनाईटेड मिसन अस्पताल तानसेन रिफर गरिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ

SHARE