रेसुङ्गा११ माओवादी केन्द्रको वडा कमिटी गठन, अध्यक्षमा सारु

0
773

सुनिल न्यौपाने
असोज१६,२०७८ गुल्मी :नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द् रेसुङ्गा नगरपालिका वडा नं।११ मा वडा कमिटी गठन भएको छ।
पार्टीको शनिवार सम्पन्न वडा सम्मेलनले पित्त बहादुर सारुको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटीको गठन गरेको हो। त्यस्तै उक्त भेला बाटै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट वाइसीएल नेपालको गोबिन्द हिताङ्ग को अध्यक्षतामा ३३ सदस्यीय वडा कमिटी समेत गठन गरिएको छ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गुल्मीका जिल्ला संयोजक वीरबहादुर कार्की, प्रदेश इन्चार्ज अशोक थापा,रेशुङ्गा नगरपालिका नगर सचीव खड्क श्रेष्ठ सदस्यहरु सीता बिस्वकर्मा र राजेस थापा लगायतको उपस्तिथिमा कार्यक्रम सम्पन्न गरिएको छ।
त्यस्तै सोही कार्यक्रममा उपस्थिति जनाउन नपाए पनि कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न गरेकोमा रेसुङ्गा नगरपालिका नगर इन्चार्ज माननीय गीता थापा त्यस्तै सह इन्चार्ज ठाकुर प्रसाद पाण्डेले खुसी व्यक्त गरे ।

SHARE