धुर्कोट रजस्थलमा माओवादी केन्द्रको अध्यक्षमा राजु पछाई

0
279

असोज१६,२०७८गुल्मीः नेपाल कम्युनिष्ट पार्टी (माओवादि केन्द्र) धुर्कोट गाउँपालिका वडा न. ६ रजस्थलको वडा भेला सम्पन्न भएको छ ।
शनिबार सम्पन्न भेलाले राजु पछाईको अध्यक्षतामा ३९ सदस्यीय वडा कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा डाल बहादुर पछाई, शान्ता पाण्डे, नरबहादुर कुवँर, टिकाबहादुर केसि, नरबहादुर नेपाली, सचिवमा झविन्द्र थापा क्षेत्री, सहसचिवमा प्रेमप्रसाद भण्डारी, विष्णु भण्डारी, कोषाध्यक्षमा झविन्द्र बन्जाडे, सहकोषाध्यक्षमा चन्द्र जि.सि रहुनुभएको छ ।
त्यस्तै भेलाले शिबबहादुर थापा (कमल)को अध्यक्षतामा ३३ सदस्यीय वाइसियल नेपालको पनि गठन गरेको छ । जसको उपाध्यक्षमा सतिस थापा, सचिवमा इश्वरी जि.सि, सहसचिवमा निमबहादुर नेपाली, सन्तोष भण्डारी, कोषाध्यक्षमा सुनिल वि.क लगायतका सदस्यहरु रहनुभएको छ ।
उक्त भेलाले शान्ता पाण्डेको अध्यक्षतामा ३३ सदस्यीय महिला सँघ क्रान्तिकारी गठन गरेको छ । जसको उपाध्यक्षतामा धनकला वि.क, सचिवमा सँगिता पन्थि, कोषाध्यक्षमा इश्वरा जि.सि, सहसचिवमा कमला थापा(पुतला) रहनुभएको छ । साथै भेलाले श्यामबहादुर कार्किको सँयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।
उक्त भेलामा विशेष अतिथि तथा धुर्कोट गाउँकमिटि इन्चार्ज भुपाल पोख्रेलले नवगठित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । त्यस्तै नव निवार्चित अध्यक्ष राजु पछाईले पार्टीलाई सुद्धृढ गरी रजस्थलमा पहिलो पार्टी बनाएर जैलाने गरी अबका कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
निवर्तमान गाउँकमिटि अध्यक्ष निमबहादुर कुवँरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनि प्रदेश कमिटि सदस्य निमबहादुर पाण्डेको प्रमुख आतिथ्यता, धुर्कोट गाउँकमिटि इन्चार्ज भुपाल पोख्रेलको विशेष आतिथ्यता, एकिकृत अखिल नेपाल शिक्षक सँगठनका केन्द्रिय सदस्य लक्ष्मिप्रसाद खनाल, प्रेस सँगठन जिल्ला सल्लाहकार पुस्कर खड्का, अखिल नेपाल महिला सँघ (क्रान्तिकारी) जिल्ला अध्यक्ष विनिता रोका पोख्रेल लगायतको आथित्यता रहेको थियो । कार्यक्रममा सम्पुर्ण अतिथिहरुले बधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियो

SHARE