हाडहाडेको वडा अध्यक्षमा कुँवर

0
536

असोज १५,२०७८ गुल्मीः गुल्मीको धुर्कोट गाउँपालिका वडा न. ३ हाडहाडेमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न अधिवेशनमा यब बहादुर कुँँवरको अध्यक्षतामा २९ सदस्यीय नयाँ कमिटि गठन गरिएको छ ।
उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अथिती तथा नेकपा माओवादी केन्द प्रदेश कमिटी सदस्य निम बहादुर पाण्डेले नयाँ कमिटीलाई बधाई दिदै क्रान्तिलाई रुपान्तरण गरि अगाडि बढ्नु पर्नेमा जोड दिए।
त्यस्तै बिशेष अतिथि नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सदस्य एवम धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल आफ्नो भनाई राख्दै माओवादी जनता सगै रहेको र जनताको सेवा गरिरहेको दाबी गरे । अब आउने चुनावमा फेरि माओवादी एक नम्बरको बन्ने दाबी गर्दै उनले अब गाउँ गाउँमा संगठन बिस्तार हुँदै आएको र सबैलाई माओवादी विचारमा लाग्न आग्रह गरे ।

वडा कमिटी अध्यक्ष यम बहादुर कुवँरको अध्यक्षता रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य निम बहादुर पाण्डेको प्रमुख आतिथ्यता, नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सदस्य एवम धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल, धुर्कोट गाउँपालिका सह इन्चार्ज चन्द्र बिकको विशेष आतिथ्यतारहेको थियो । तुलाराम पाण्डेको स्वागत मन्तवबाट सुरु भएको कार्यक्रम सञ्चारलन प्रेम बिकले गरेका थिए ।

SHARE