अवैध रुपमा चन्दा संकलन गर्ने ५ जना पक्राउ

0
311

१३ असोज
पाल्पा : पाल्पामा अवैध रुपमा चन्दा संकलन गरेको आरोपमा प्रहरीले ५ जना ब्याक्तीलाई पक्राउ गरेको छ । उनिहरुलाई जिल्लाको तानसेन नगरपालिका–६, बसपार्कमा रहेको करुवा होटलबाट मंगलबार पक्राउ गरिएको पाल्पा प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा गोरखा जिल्ला पालुङ्टार न पा–७, का ३६ वर्षका दिपक भन्ने प्रदिप गुरुङ्, मोरङ् जिल्ला उर्लाबारी नपा–९, बस्ने ३३ वर्षका धनबहादुर विश्वकर्मा, मोरङ जिल्ला पथरी–९, का ४३ वर्षका राजेश खरेल रहेका छन् । यस्तै झापा जिल्ला कनकाई नपा–४, बस्ने ३८ वर्षका केदार विक र झापा जिल्ला कनकाई नपा–३, बस्ने वर्ष ४६ का सूर्यबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरूको साथबाट अबैध रुपमा सङ्कलन गरेको २१ हजार २ सय ५५ रुपियाँ पनि बरामद गरेको जनाएको छ।
मृगौला पीडित र सामाजिक सहयोग नेपाल अभियानको नामबाट उनीहरुले अवैध रुपमा चन्दा उठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पक्राउ परेका पाँचै जनामाथि जिल्ला अदालत पाल्पाबाट ७ दिनको म्याद थपको आदेश लिएर अनुसन्धान कार्य भईरहेको प्रहरी नायब उपरीक्षक त्वातीले बताउनुभयो। कामना डेलीबाट

SHARE