धार्मिक क्षेत्र रुरुमा गौसेवा आश्रम, सप्तचण्डी महिला समूहले दानाको जोहो गर्दै

0
1657

१२ असोज
कृष्ण अन्जान, गुल्मी । नेपालकै पवित्र धार्मिक क्षेत्र रुरुधाममा फेरि अर्को आकर्षण थपिएको छ त्यो हो रुरु गौसेवा आश्रम ।
यहि गौ सेवा आश्रममा यतिवेला करिव सत्तरी भन्दा गाईले आश्रय लिएका छन र रिडीबजारमा गाईको आतँकको अन्त्य भएको छ । रिडीबजार करिब छाडा गाई गोरु मुक्त क्षेत्र बनेको छ ।
गाई सँरक्षणमा रुरु गौसेवा आश्रमले आफ्नो अभियान थालेपछि रुरुक्षेत्रवासिहरुले पनि गाई सँरक्षण अभियानमा आफ्नो सहयोगका हातहरु अगाडि बढाएका छन ।
सँरक्षित गाईगोरुका लागि घाँस परालको व्यवस्थापनमा खटिई रहेको रुरु गौसेवा आश्रमलाई सहयोग गर्न यतिवेला रिडी बजारको सप्तचण्डि महिला समुहले आफुलाई कृयाशिल बनाएको छ ।
गाई गोरुको सँरक्षणका लागि स्थापना गरिएको रुरु गौ सेवा आश्रम रुरुधामको गौरव हो । यसलाई सहयोग गर्नु हाम्रो दायित्व पनि भएकाले बजार क्षेत्रमा हामिले मुठिदानको माध्यमबाट सहयोग सँकलन गरेका छौँ । त्यो सहयोगको पहिलो चरणमा हामिले सँकलित १८ हजार रुरु गौ सेवा आश्रमलाई हस्तान्तरण गरि सकेका छौँ सप्तचण्डी महिला समुहकि अध्यक्ष धना रानाले बताईन् ।

रिडीबजारमा छाडा गाई गोरुको आतंक यतिबेला ९५ प्रतिशत कम भएको छ र रुरुधाम वासि यतिबेला गाई गोरुले सताउने समस्या बाट मुक्त छन ।

हाम्रो समस्यलाई समाधान गर्ने गरि रुरु गौसेवा आश्रम स्थापना भएको छ । सहयोग त हामिले गर्नै पर्छ यसका लागि हाम्रो अभियान जारी छ र फेरी गौ आश्रमका गाईगोरुका लागि दाना खरिद गरेर दिने योजना बनाएका छौँ । हामीले केही दिनमै दाना बरान हस्तान्तरण गर्छौँ सप्तचण्डी आमा समुहकि अध्यक्ष धना रानाले भनिन् ।

रुरुधामलाई गाईगोरुको डम्पिङ साईट बनाईए पछि लामो समय सम्म गाईगोरुको आतंक र मानव र छाडा गाई गोरुको विचको वैमनस्यताले ठुलो रुप लिए पछि बेलायतमा बस्ने रुरुधामकि चेलि राजु राणा मल्ल पहलमा रुरु गौसेवा आश्रमको स्थापना भएको हो ।

दुहुँदासम्म गाई दुहुने, जोत्दासम्म गोरुले जोत्ने र बुढा खाडा भएपछि रिडीमा ल्याएर छाड्ने र तिनै गाई गोरुले रिडी बजारका व्यापारीहरुका सामान खाई दिएर हैरान पार्ने र रातिमा किसानका बारिमा बालि सखाप पारेपछि ठुलो समस्या बनेका गाई गोरु यतिबेला संरक्षित बनेर आरामको जिन्दगी विताउँदै छन ।

यद्यपि छिटफुट रुपमा गाई गोरु बजारमा ल्याएर छाड्ने गरिएको छ र यसरी रातिमा ल्याएर गाई गोरु छाड्ने कार्यको निगरानी सप्तचण्डी महिला समुहले गरेको छ कसैले गाई खेदेर ल्याएको देख्यो भने खवर गर्न भनेका छौँ हामीले कारवाहि गर्छौँ सप्तचण्डी महिला समुहकी उपाध्यक्ष तुल्सी गुरुङ्गले बताईन् ।
रिडी बजार देखि द्क्षिण पट्टि तानसेन नगरपालिका वडा न १४ को कुसेनीमा निर्माण गरिएको रुरु गौ सेवा आश्रमले धार्मिक पर्यटनमा नया अयाम थपेको त छ नै सँगै पशु सँरक्षण र पशु अधिकारमा समेत नया आयाम थपिएको छ । सेतोमसीबाट

SHARE