
जेठ ४,२०८३ गुल्मी : गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको सत्यवती गाउँपालिका १ को अस्लेवास्थित कालीगण्डकी करिडोरमा रुद्रवेणीदेखि चेहेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७ नम्वरको मोटरसाइकल दुर्घटना दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार ४५ वर्षीय गिरमान सिंह राना र चालक कालीगण्डकी गाउँपालिका–३ भुस्तुङका ३४ वर्षीय लक्ष्मण थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते दुबै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र रिडिले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।












