कांग्रेस रामपुर नगर सभापतिमा पुन: नेत्रप्रसाद भट्टराई

0
473

सुशीला रेग्मी
रामपुर (पाल्पा), १० असोज : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत रामपुर नगर कार्यसमितिको सभापतिमा पुन ः नेत्रप्रसाद भट्टराई निर्वाचित भएका छन् ।
शनिवार मतदान प्रक्रियाबाट भएको निर्वाचनमा कुल २१२ मतमध्ये खसेको २०८ मतमा भट्टराईले १२५ मत ल्याई विजयी भएका हुनु भने उनका प्रतिष्पर्धी अर्जुनप्रसाद रेग्मीले ८२ मत प्राप्त गरे ।
नगर उपसभापतिमा देवबहादुर थापा मश्राङ्गी र ज्ञानप्रसाद भण्डारी निर्वाचित भएका छन्, मश्राङ्गीले १४५ मत, भण्डारीले १३० मत प्राप्त गरे । उपसभापति पदका प्रतिस्पर्धी सरस्वती डोटेलले ६९ र हरीप्रसाद न्यौपानेले ५२ मत प्राप्त गरेकोमतदान अधिकृत मुकुन्दराज गौतमले जानकारी दिए ।
सचिवमा चिरन्जीवी सिग्देलले १४१ र ओमप्रकाश बस्यालले १२६ मत ल्याई निर्वाचित हुनु भएको छ । प्रतिस्पर्धी विष्णुप्रसाद बस्यालले ८४ र नरनारायण अर्यालले ४० मत प्राप्त गरे ।
सहसचिवमा आवास भट्टराई र राजन सुनार चयन भएका छन् । भट्टराईले ९६, सुनारले ९१ मत प्राप्त गरी विजयी बने भने प्रतिस्पर्धी देवबहादुर दर्जीले ७५, रहिम मुल्ला मियाँले ३७ र पार्वती परियारले ८४ मत प्राप्त गरे । नगर कार्य समितिको अन्य सदस्य पदमा भने निर्विरोध चयन भएको छ ।
त्यस्तै अन्य सदस्य पदमा भने निर्विरोध चयन भएको छ । सदस्यहरुमा खस आर्यबाट काशीनाथ रेग्मी, कृष्णप्रसाद लम्साल, मोहन भट्टराई, विश्वनाथ कंडेल, आदिबासी जनजातिबाट अञ्जु थापा, तिर्थबहादुर थापा, थानबहादुर गाहा, मन्जु मानन्धर, यमबहादुर भुजेल, दलित तर्फबाट अम्बिका देवी सुनार, गणेश सुनार, गौतमबहादुर सुनार, अल्पसंख्यक बाट मोहम्मद अजिम शेख चयन भएका छन् ।
जिल्ला प्रतिनिधिमा बुद्धिप्रकाश रेग्मी, हिमाल मल्ल र सावित्रा गौतम, अपाङ्गहरुको तर्फबाट क्षेत्रिय प्रतिनिधीमा सीता पंगेनी र युवराज रेग्मी चयन हुनुभएको निर्वाचन समितिले जानकारी दिएको छ ।

SHARE