
सुशीला रेग्मी
रामपुर (पाल्पा), ९ असोज :भर्चुअल माध्यमबाट आयोजना गरिएको वक्तृत्वकला प्रतियोगीतामा विजयी प्रतियोगीलाई पुरस्कार वितरण गरिएको छ ।
‘द चेम्बर अफ युथ र सोँच समुह पाल्पा’को आयोजनामा भर्चुअल माध्यमबाट रामपुरमा ‘कोरोनाको विषम परिस्थितीमा अनलाईन कक्षाको प्रभावकारिता’ विषयक वक्तृत्वकला प्रतियोगीता भएको हो ।
प्रतियोगीतामा प्रथम रामपुर ५ बस्ने सुरक्षा गौतम, द्धित्तिय रामपुर ७ बस्ने वृन्दा र तृत्तिय रामपुर ६ बस्ने सबिना अधिकारीलाई नगद क्रमश ः नगद ४ हजार, ३ हजार र २ हजार सहित प्रमाण पत्र र मेडल प्रदान गरिएको छ ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले विजयी प्रतियोगीलाई पुरस्कार वितरण गर्नुहुदै विद्यार्थीमा लुकेका क्षमताको प्रस्फुटन गराउन समूहले आयोजना गरेको कार्यक्रम महत्वपूर्ण रहेको बताउनुहुदै थप प्रगतिको कामना गरे ।
कार्यक्रममा रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्ल, गंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज देवकोटा र रामतुलसी माध्यमिक विद्यालयका शिक्षक छविलाल न्यौपानेले बोल्दै कार्यक्रम सफलताको शुभकामना दिए ।
प्याराडाईज होटेलको सभाहल बेझाँडमा भएको कार्यक्रम सोच समुह पाल्पाका संयोजक दिपेन्द्र भट्टराईको अध्यक्षतामा चलेको हो भने कार्यक्रमको सञ्चालन सोँच समुह पाल्पाका सदस्य वर्षा खनालले गरेकी थिइन् ।








