इश्मामा एम्बुलेन्स चालक माथि कुटपिट

0
363

असोज८,२०७८गुल्मीः एम्बुलेन्स चालकलाई खाने र सुत्ने कुनै टाइमको फिक्स हुदैन ।
उनीहरु खान लागेको समयमा फोन आए पनि यसै खाना छाडेर बिरामी बोक्न तल्लिन हुन्छन् । बिरामीको ज्यान बचाउनका लागि उनीहरु न घाम न पानी ,दिनहोस या रात उनीहरु जोखीम मोलेरै एम्बुलेन्स हाँक्छन् ।
तिनै एम्बुलेन्स चालक माथि कुटपिट हुन्छ । यस्तै उदाहरणका पात्र बनेका छन् गुल्मीको इश्मा गाउँपालिका वडा नम्वर ४ दोहोली स्वास्थ्य चौकीका करिब ३८ बर्षीय एम्बुलेन्स चालक दानबहादुर पाण्डे ।
असोज ६ गते बुधबार साँझ करिब ८ बजे पाण्डेले इश्माको कोभिड अस्पतालबाट वडा नम्बर ४ को कुभिन्डेमा कोभिडका बिरामीलाई घर छाड्न लू १ झ ३५८ नम्बरको एम्बुलेन्स निकाल्दै थिए ।
एम्बुलेन्स निकाल्ने क्रममा उनीमाथि कुटपिट भयो । एम्बुलेन्स चालकलाई कुटपिट गर्ने स्थानीय अन्दाजी ३० बर्षीय लीलबहादुर अछामी र सागर गुरुङ फरार छन् ।
कुटपिटबाट चालकको अगाडी साइडको दाँत खसेको छ भने आँखाको वरीपरी निलै ढाम रहेका छन् । उनको अहिले पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइररहेको छ ।
एम्बुलेन्स चालक माथि कुटपिट गर्ने अछामी र गुरुङ गाउँमै खुलेहाम डुल्दा पनि प्रहरीले पक्राउ गर्न नसक्नु दुःखद भएको त्यहाँका स्थानीयहरुले बताएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय गुल्मीले भने एम्बुलेन्स चालकलाई कुटपिट गर्ने फरार ब्यक्तिहरुको खोजी कार्य जारी रहेको बताएको छ । फरार रहेका उनीहरुको खोजी कार्यका लागि प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । कुटपिटको कारण बारे केही नखुलेको पाण्डेले बताए ।
यस्तै गत जेठ १२ गते जिल्ला रेडक्रस सोसाइटीका एम्बुलेन्स चालक २८ बर्षीय लालबहादुर खत्री माथि पनि कुटपिट भएको थियो ।

SHARE