माओबादी निकट अखिल क्रान्तीकारीको अध्यक्षमा पोखरेल, सचिबमा पाण्डे

0
485

असोज६,२०७८गुल्मीः नेकपा माओबादी केन्द्र निकट अखिल क्रान्तीकारीको जिल्ला अध्यक्षमा राजन पोखरेल निर्वाचित भएका छन् ।
बुधबार तम्घासमा सम्पन्न १८ औ जिल्ला सम्मेलनले पोखरेललाई अध्यक्षमा निर्वाचित गरेको हो । यस्तै सम्मेलनले उपाध्यक्षमा वालेन श्रेष्ठ,रमेश पाण्डे, सचिबमा किसन पाण्डे, सह सचिवमा विनु कार्की र सुनिल न्यौपाने निर्वाचित भएका छन् ।
यस्तै सम्मेलनले कोषध्यक्षमा हुमाकात्त पोखरेललाई निर्वाचित गरेको हो । सम्मेलनले पदाधिकारी सहित ५१ सदस्य रहेको जिल्ला कमिटि गठन गरेको सचिव पाण्डेले जानकारी दिए ।

सम्मेलनको प्रदेश सांसद सुदर्शन बरालले उद्घाटन गरेका थिए ।

SHARE