समाचार प्रभाब : गुल्मीदरबारका मृगौला पीडितलाई सहयोग

0
724

असोज ४,२०७८गुल्मीः गुल्मी दरबार गाउँपालिका वा नम्वर ५ का अमर अर्बाथोकका ६४ बर्षका मृगौला पीडित नेबहादुर मिदुनलाई १० हजार सहयोग भएको छ ।
समृद्ध चारपाला युवा अभियानले मृगौला पीडितका लागि अध्यक्ष हिमाल ज्ञवालीले घरमै पुगि सहयोग रकम हस्तान्तरण गरेका हुन । कार्यक्रममा वडा सदस्य बाबुराम पन्त,अभियानका सदस्य जयहिमाल कंडेल, प्रकाश टन्डन, खबरमार्केटका सहकर्मी रामकृष्ण कंडेल लगायतको उपस्थित रहेको थियो ।
पीडित अस्पतालमा उपचाररत रहेकाले उनकी छोरीलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।

गुल्मीदरबार ५ अमर अर्बाथोक गौरिपोखरा का हाल हङ्कङ बस्ने रमेश तङ्नामी बाट रु १० हजार सहयोग गर्ने प्रतिवद्द्ता ब्यm गरेका छन् । थप रकम जुटाउनका लागि आफूहरु लागि परेको उनले जनाएका छन् ।

मृगौला पीडित अमर अर्बाथोकका मिदुनद्वारा ज्यान बचाइदिन सहयोगको अपिल

SHARE