मृगौला पीडित अमर अर्बाथोकका मिदुनद्वारा ज्यान बचाइदिन सहयोगको अपिल

0
3337

रामकृष्ण कडेल
भदौ १९,२०७८ चारपाला गुल्मी:उपचारका लागि अस्पताल भर्ना भएका मृगौला पीडितले आफ्नो ज्यान जोगाइ दिन सबैसंग सहयोगको अपिल गरेका छन् ।

गुल्मी जिल्लाको गुल्मीदरबार गाउपालिका वडानम्बर–५ अमर अर्बाथोक निवासी ६४ वर्षका मृगौला पिडित नेत्र बहादुर मिदुनले देश तथा विदेशमा रहनुहुने सम्पुर्ण सहयोगी मनहरु समक्ष सहयोगको अपिल गरेका हुन् ।

आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएपछि मिदुनले ज्यान जोगाउन सहयोग मागेका हुन । दुईवटै मृगौलाले काम गर्न छोडेपछी थलिएका मिदुन बिगत ७ दिनदेखी गौतमबुद्द अस्पताल बुटवलमा आइसियु कक्षमा उपचारत छन् ।

धन कमाउन भारत आउजाउ गर्ने उनी दुबै मृगौला खराव भएपछि गत वर्ष देखि घर फर्किएका उनकी श्रीमती सावित्रा मिदुनले बताइन । मृगौला पीडित मिदुनको आर्थिक अबस्था साह्रै दयनिय भएको र उपचार खर्च महङ्गो भएका कारण थप उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका हुन ।

मिदुन सङ्गै उनकी पत्नी र २ जना नाबालक छोरा र १ नावालक छोरी आश्रीत छन् । कमाउने र परिवारको विहान साझ छाक टार्न समेत धौधौ भएका मिदुनलाइ रोगले समातेपछि उनी अस्पतालको शैयामा जीवन मरणको दोसाधंमा छन् ।
उपचारमा धेरै रकम लाग्ने भएपछि आर्थिक सहयोग जुटाउन परिवारलाई थप समस्या परेको छ । पीडित परिवारको रोजीरोटिका लागि रोजगारिका शिलसिलामा छिमेकी मुलुक भारत आउजाउ गर्दै आएका थिए ।
हालसम्म कसैबाट सहयोग प्राप्त नभएको पीडित मिदुनकी श्रीमती साबित्रा मिदुनले बताइन ।
उनलाई सहयोग गर्नेहरुका लागि नम्बरमा ९८४१६१२८१४ गर्न सकिनेछ ।

SHARE