गुणस्तरीय शिक्षालाई जोड दिन पूर्वमन्त्री ज्ञवालीको आग्रह

0
298

भदौ३१,२०७८गुल्मीः गुल्मी क्षेत्र नम्वर एकका सांसद तथा पूर्व मन्त्री प्रदीपकुमार ज्ञवालीले गुणस्तरीय शिक्षालाई जोड दिन आग्रह गरेका छन् ।
उपल्लो तम्घास माध्यमिक बिद्यालयको स्कुल बस उद्घाटन गर्दै ज्ञवालीले अहिलेको आवश्यकता भनेको गुणस्तरीय शिक्षा भएकाले गुणस्तरीय शिक्षामा जोड दिनका लागि आग्रह गरेका हुन् ।
बिद्यालयमा बसको सुबिधा भएपछि लामो दुरीबाट पैदल हिडेर आउँने बिद्यार्थीहरुका लागि पनि सहजता आउने बताए ।
ज्ञवालीले फरक क्षमता भएका बिद्यार्थीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।
फरक क्षमता भएका बिद्यार्थीहरुलाई हेर्ने दृष्टिकोण र उचित वातावरण निर्माण गरे अन्य बिद्यार्थीहरु भन्दा कम नहुने उनको दाबी छ । उनीहरुलाई उचित वातावरणको ब्यबस्था र हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु नै अहिलेको आवश्यकता भएको बताए ।
उपल्लो तम्घास माध्यमिक बिद्यालयमा कक्षा १ देखि ५ सम्म आवसीय सुबिधा सहित ३२ जना बिद्यार्थीहरुले अध्ययन गर्दछन् ।
सोही कार्यक्रममा रेसुङगा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले शिक्षामा गुणस्तरता ल्याउनका लागि नगरपालिकाले जोड दिएको बताए । शिक्षामा गुणस्तरता ल्याउनका लागि शिक्षकहरुलाई तालिम संगै प्राबिधिक शिक्षालाई जोड दिदै आएको दाबी गरे ।
बिद्यालयमा बसको सुबिधा भएपछि घण्टौ सम्म पैदल हिडेर आउनुपर्ने बिद्यार्थीहरुका लागि सहजता भएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश श्रीपालीले जानकारी दिए । रेसुङगा नगरपालिका वडा नम्वर १० सिमिचौरबाट बिद्यार्थीहरु पैदल हिडेर आउने गरेको भन्दै अब पैदल हिडेर बिद्यालयमा आउनुपर्ने अबस्थाको अन्त्य भएको श्रीपालीले दाबी गरे ।

SHARE