नेकपा समाजवादी पाल्पाको अध्यक्षमा पाण्डे

0
349

भदौ २६,२०७८पाल्पा :नेकपा (एकीकृत समाजवादी)को पाल्पा जिल्ला कमिटी गठन भएको छ। शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी जिल्ला कमिटीको घोषणा गरिएको हो। खिमानन्द पाण्डे (कमल) को अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ।

कमिटीको उपाध्यक्षमा रमा घर्ती, सचिवमा मोहनलाल गैरे र उप–सचिवमा कमल सेन रहेका छन्। पाण्डे नेकपा एमाले पाल्पाका तत्कालीन उपसचिव हुन्। घर्ती लुम्बिनी प्रदेश सांसद हुन्।

कमिटीको संख्या विस्तार गरेर १५० सदस्यीय पुग्ने बताइएको छ।

SHARE