
भदौ२४,२०७८रुपन्देहीःकोटईमाइ गाउँपालिका–५ दुइमुहानबाट अवैध रुपमा भारततर्फ लैजादै गरेको करिब १२ लाख ४० हजार रूपैयाँ बराबरको ३० क्विन्टल मटर सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मर्चवारी गाउँपालिका–१ बस्ने ४५ वर्षीय हरीशंकर यादव र सोही ठाउँ बस्ने ३५ वर्षीय रतन यादव रहेका छन् ।
ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा लु।१ ज ४५१८ नम्बरको पिकअपमा भारततर्फ लैजादै गरेको उक्त मटरसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।








