रामतुलसी नमुना बिद्यालयमा बस सेवा शुरु

0
310

भदौ१५,२०७८पाल्पाःपाल्पा जिल्लाको नमुना बिद्यालय रामतुलसी माध्यमिक बिद्यालयले स्कुल बस सेवा सञ्चालनमा ल्याएको छ । पुर्वी पाल्पाको हाइस्कुलका रुपमा रहेको रामपुरको रामतुलसी बिद्यालयले आफ्नै लगानीमा सोमबार देखि बस सेवा शुरु गरेको हो ।
बस सेवा शुरु गर्दै प्रदेश सभा सदस्य युवराज खनालले भौतिकमा नमुना बनेका बिद्यालय अब गुणस्तरमा पनि नमुना बन्नुपर्ने बताए । सबै पक्षको सहयोगले पाटी र चौरमा चलेका बिद्यालयले धेरै प्रगति गरेको भन्दै उनले प्रदेश सरकार र आफुले नमुना बिद्यालयको विकासका लागि प्रतिबद्ध रहेको बताए ।
बि।स।२०२७ सालको पहिलो एस।एल।सी। व्याच पास विद्यार्थी समेत रहेका पुर्व विद्यार्थी तथा प्रदेश सांसद खनालले प्राविधिक शिक्षालाई जोड दिएकोले यसको प्राविधिक तथा यन्त्र उपकरणको लागि आफुले पहल गर्ने बताउनुभयो । अधिकाशं समय जिल्ला सदरमुकाम तथा प्रदेश राजधानी पुग्न रामपुर(आर्यभञ्याङ मोटरबाटोको दुर्दशामा खर्चेका खनालले यसको लागि लिखित निवेदन समेत दिएर पहल गरिरहेको बताउनुभयो ।

SHARE