
भदौ१४,०७८ रुपन्देही : रुपन्देहीमा सोमबार बिहानैदेखि वर्षासँगै आएको पहिरोले थप ७ घर पुरिएका छन् भने दर्जनौ घर जोखिममा परेका छन्।
हिजोसम्म २ दर्जन बढी घरमा पसेको बाढी आज थप ७ घरभित्र पसेको प्रहरीले जनाएको छ।
पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।








