रामपुरमा मुक्तकवाचन कार्यक्रम

0
274

भदौ १३, पाल्पा
पाल्पाको रामपुरमा नियमित मुक्तक वाचन कार्यक्रम भएको छ । मुक्तक मन्च रामपुरका अध्यक्ष स्वप्नील निरवको अध्यक्षतामा कार्यक्रम भएको हो ।
साहित्यिक यात्रामा कलम चलाउदै आएका साहित्यिक मनलाई समेट्दै मुक्तक मन्च रामपुरले मुक्तक वाचन कार्यक्रम राख्दै आइरहेको छ । साहित्य विधालाई रामपुर क्षेत्रमा अगाडि बढाउदै लुकेर रहेका प्रतिभालाई उजागर गर्ने गरी बेला बेलामा मुक्तक वाचन कार्यक्रम हुदै आइरहेको समिर पौडेलले जानकारी दिए ।
सहभागीले पालैपालो मुक्तक वाचन कार्यक्रमको संचालन मुक्तक मन्च रामपुरका सचिव नारायण समर्पणले गरेका हुन् ।
प्रमुख अतिथि रामपुर साहित्यिक प्रतिस्ठानका अध्यक्ष बासुदेव ढकालले साहित्य कलाको सम्मान, जगेर्ना गर्ने क्रममा आफ्नो सहयोग र साथ रहने बताए ।

SHARE