रिडी रुद्रावेनी सडक सुचारु

0
367

भदौ१२,२०७८गुल्मीः अबिरल वर्षासँगै गएको पहिरोले अबरुद्ध गुल्मीको रिडी रुद्रावेनी सडक सुचारु भएको छ । शुक्रबार सडक खण्डको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–२ साघुरेमा सडक माथिबाट ढुङ्गा र माटो सहितको पहिरो खसेको थियो । अबरुद्र बनेको सडक शनिबार दिउँसोबाट सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पानी निरन्तर रुपमा परिरहेको पहिरो खस्ने क्रमम रहिरहेकाले सडक खुलाउन समस्या परेको थियो । पहिरो खसिरहेको स्थानमा बुटवल देखि रुद्रवेणि तर्फ जाँदै गरेको ध १ च १४६ नम्बरको डबल क्याप बोलेरो जीप दुबै तर्फको पहिरोले बिचमै अडकीएको थियो ।
जीपलाई भने शुक्रबार स्काभेटर प्रयोग गरेर सुरक्षित स्थानमा निकालिएकोे थियो ।

SHARE