इलाका प्रशासन कार्यालय रामपुरमा नागरिकता लिनेको भीड

0
289

सुशीला रेग्मी
भदौ८,२०७८पाल्पाः इलाका प्रशासन कार्यालय रामपुरमा नेपाली नागरिकता बनाउनेको घुईचो बढेको छ । तीन महिना सम्म कार्यालय प्रमुख बिहिन बनेको कार्यालयमा एक महिना अघि देखि जिल्ला प्रशासन कार्यालय पाल्पाबाटै टोली खटाएर सेवा दिन थालेपछि सेवाग्राहीको चाप बढ्दो छ ।
हाल दैनिक ७० देखि ९० वटा सम्म नेपाली नागरिकता बनेको छ । जिल्लाबाटै टोली खटिएर आएपछि मौका छोपेर सेवाग्राहीले नागरिकता बनाउने गरेको पाइएको छ । साथै रामपुर नगरपालिकामा राष्ट्रिय परिचय पत्र बनाउने कार्य भएकाले पनि नागरिकता बनाउने बढेका हुन् ।
सामान्यतया दैनिक १५ देखि २५ वटा नागरिकता बनाउने गरेकोमा अहिले दैनिक ७० देखि ९० वटा सम्म नागरिकता बनेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुखकको अर्को व्यवस्था नहुदा सम्म जिल्ला प्रशासन कार्यालय पाल्पाले गत साउन ७ गते देखि बिहिवार र शुक्रवार हप्तामा दुई दिन प्रशासकिय अधिकृत खटाएर सेवा दिन थालेको थियो ।
गएको साउन २० गतेदेखि रामपुर नगरपालिकामा राष्ट्रिय परिचय पत्र बनाउने कार्य शुरु भएपछि भने सेवाग्राहीको भीड बढेपछि प्रशासन कार्यालय पाल्पा थप कर्मचारी व्यवस्थापन गरी दैनिक सेवा दिने गरिएको छ ।
यहाँ चलिरहेको राष्ट्रिय परिचय पत्र अभियानको दुई हप्तामा मात्रै इलाका प्रशासन कार्यालय रामपुरबाट शुक्रवार सम्म ९०० नागरिकता जारी गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख प्रशासकीय अधिकृत तथा इलाका प्रशासन कार्यालय रामपुरका निमिक्त प्रमुख यज्ञश्वर पन्थीले जानकारी दिए ।
गत साउन २१ गते जिल्ला प्रशासन कार्यालयको टोलीले यहाँ नियमित बसेर दैनिक सेवा दिएको हो । त्यस यता प्रशासन कार्यालय रामपुरबाट ४६० नयाँ, ४४० प्रतिलिपी गरी ९०० जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।
एक महिनाको अवधीमा एक हजार १२ जनाले नागरिकता बनाएका छन् । जसमा ५३९ नयाँ र ४७३ प्रतिलिपी लिएका छन् । प्रशासनले राष्ट्रिय परिचय पत्रलाई मध्यनजर गर्दै दैनिक सेवा दिएको हो ।
सेवाग्राहीको भीड बढेपछि प्रशासकीय अधिकृत सहित जिल्ला प्रशासन कार्यालय पाल्पाबाट एक जना नायव सुब्बा र रामपुर नगरपालिकाबाट एक जना खरिदार कर्मचारी परिचालन गरी सेवा दिइएको छ ।
अहिले अत्याधिक सिफारिस आउनाले समयमै नागरिकता जारी गर्न समस्या परेको छ । सिफारिसको पालो अनुसार सेवा प्रवाह हुँदै आएको छ । आउँदो भदौ १८ गते सम्मको लागि पुग्ने गरी सिफारिस सङ्कलन भइसकेको कार्यालयले जनाएको छ । नयाँ नागरिकता र प्रतिलिपि लिने सेवाग्राहीको संख्या धेरै रहेको पाइएको छ ।
टोली आएर सेवा दिन थालेपछि मौका छोपेर छोरीको नागरिकता बनाइदिएको रामपुर नगरपालिका कार्यापालिका सदस्य सावित्रा गौतम बताउछिन् ।
“पहिले नै छोरीको नागरिकता बनाउनुपर्ने थियो, वर्षायामको बेला सदरमुकाम तानसेन जान पनि समस्या थियो, यहीँ आएको मौका पारेर नागरिकताको प्रमाण पत्र बन्यो, आफ्नै ठाउँबाट सेवा पाउँदा धेरै राहत भएको छ” गौतमले भनिन् ।
इलाका प्रशासन कार्यालयबाट नागरिकता, द्रुत गतिको राहदानी सिफारिस, आदिवासी जनजाति, दलित, प्रमाणित, नाबालक परिचय पत्र, संस्था नवीकरण लगायतका सेवा प्रदान हुँदै आएको छ ।
यस प्रशासन कार्यालयबाट पूर्वी पाल्पाका रामपुर नगरपालिका, निस्दी गाउँपालिकाको वडा नं.१,२,३,४,५ र ६ र पूर्वखोला गाउँपालिकाको वडा नं १ सिलुवाका नागरिकलाई सेवा लिदै आएका छन् ।
परिचय पत्रको लागि अनिवार्य सक्कल प्रमाणपत्र चाहिने भएकाले पाल्पा प्रशासन जल्नु अघि नै नागरिकता बनाएका, उमेर पुगेर या विविध कारण नागरिकता नबनाएकाले नागरिकता बनाएका छन् । नागरिकताको फोटो नचिनिने तथा अन्य विवरण नमिलेकाको मिलाउनु पर्दा नागरिकता बनाउनेको भीड बढेको छ ।

SHARE