बलात्कारका घटना आर्थिक लिएर मिलापत्र गर्न दवाव

0
463

भदौ६,२०७८ कपिलबस्तु : जंगलमा बाख्रा हेर्न गएकी एक १३ बर्षिय वालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि पक्राउ परेका बुद्धभूमी ३ का ६० वर्षका पुरुष चन्द्रमाणि पाण्डेलाई मिलापत्र गराएर छुटाउन वालिकाका आफन्तलाई आर्थिक प्रलोभन तथा विभिन्न डर धाक देखाएर दवाव श्रृजना गरिएको वताइएको छ ।
पीडित वालिकाका अंकलले प्रेसपाटीलाई दिएको जानकारी अनुसार ५र७ लाख रकम दिन्छौं मुद्धा मिलापत्र गरेर टुंगाऔ भन्दै पटक पटक पीडकका तर्फवाट विभिन्न ब्यक्तिहरु वालिकाकी आमालाई दवाव दिन पुगेका छन् ।

पीडितका आफन्तका अनुसार पीडक पक्षले प्रहरीलाई हामी मिलाउछौं तिमी यो केश अघि नवढाई दिनोस भनेर प्रहरीलाई भने पुग्छ पैसा लेऊ जे हुुनु भैगयो भन्दै पटक पटक दवाव दिने गरेका छन् । जंगलमा बाख हेर्न गएकी बालिका मलिन अनुहार लिएर हिलाम्मे भएर आएपछि बालिकाकी सानिमाले सोध पुछ गर्दा घटना थाहा भएको हो । डर धम्की देखाएर जबरजस्ती करणी गरेको बताइएको छ । यस भन्दा अगाडि पनि जबरजस्ती करणी गरेको पिडित वालिकाले बताएको पारिवारीक श्रोतको भनाइ छ । घटना थाहा भएपछि वालिकाका आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

पीडित वालिकाकी आमाको मृत्यू भएको हो । त्यसपछि बुवाले अर्को विवाह गरेका छन् । हाल उनी सानिआमा संग बस्दै आएकी छन् । उनका बुवा बैदेशीक रोजगारीमा रहेका छन् । पारिवारीक रुपमा कमजोर आर्थिक पृष्ठभूमीका परिवारले आफना हजुरवुवा सरहका ब्यक्तिले यस्तो जघन्य अपराध गर्लान भन्ने कल्पना सम्म नगरेको अवस्थामा घटना सार्वजनिक भएको छ ।

इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक लिलाराम आचार्यका अनुसार घटना थाहा पाए पश्चात जबरजस्ती करणी गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरि कारवाहि प्रक्रिया अगाडि बढाएको छ । गत भाद्र १ गते नै मुद्धा दर्ता गरि अनुसन्धान अगाडि बढाइएको बताए ।
यता प्रहरीलाई हामी मिलाउछौं पैसा लेऊ मुद्धा फिर्ता गर भनेर दवाव दिइएको रहेछ के यो मुद्धा फिर्ता हुन सक्छ भन्ने प्रश्नमा यस्ता जघन्य अपराध मुद्धा दर्ता भएपछि कानुन अनुसार कारवाही हुने वाहेक अरु कुनैपनि उपाय नहुने भन्दै निरिक्षक आचार्यले छिटो भन्दा छिटो अनुसन्धान सकेर अदालतमा पेश गर्ने वताए ।

यस्तो घटनामा एकातिर प्रहरीले वलात्कार भएको पुष्टि हुने प्रमाणहरु कमजोर प्रकृतिका संलग्न गर्ने ,अभियुक्त अदालतवाट सहजै छुट्न सक्ने कानुनी छिद्रहरु राख्ने ,अर्कोतिर दवाव वा प्रलोभनमा पारेर अदालतमा पीडित पक्षको बयान फेर्न लगाउने जस्ता कामले पिडित वालिकाले न्याय पाउन नसक्ने अवस्था आउन नदिन अधिकारकर्मीले समयमै चासो राख्नु पर्ने देखिएको छ ।

SHARE