रामपुरमा नागरिकता बनाउनेको चाप

0
743

भदौ६,२०७८पाल्पा : रामपुरमा राष्ट्रिय परिचय पत्र बनाउने टोली आए संगै इलाका प्रशासन कार्यालय रामपुरमा नागरिकता बनाउनेहरु बढेका छन् । दैनिक १५ देखि २५ वटा नागरिकता जाने इलाका प्रशासन कार्यालय रामपुरमा अहिले दैनिक ७० देखि ९० वटा नागरिकता बनेको कार्यालयले जनाएको छ । गत साउन २० गतेदेखि परिचय पत्र बनाउने टोली रामपुर नगरपालिकामा आए संगै प्रशासनमा नागरिकता बनाउनेको भिड बढेको छ ।

राष्ट्रिय परिचय पत्र अभियानको २ हप्तामा इलाका प्रशासन कार्यालयबाट ९ सय नागरिकले नागरिकता बनाएका छन् । राष्ट्रिय परिचय पत्रको काम नगरपालिकामा साउन २० देखि शुरु भएको हो । त्यस अघि निस्दी गाउपालिकामा परिचय पत्र बन्दा समेत निस्दीका नागरिक नयाँ बनाउनेको दाजोमा नागरिकता सच्याउन प्रतिलिपि लिन बढी आएका थिए ।

रामपुर नगरपालिकाका १० वटै वडामा अहिले परिचय पत्र बनाउने क्रम चलेको छ । साउन २० देखि चलेको अभियानदेखि यो शुक्रबार सम्ममा ९ सय नागरिकता जारी गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत तथा इलाका प्रशासन कार्यालय रामपुरका निमित्त प्रमुख यज्ञश्वर पन्थीले जानकारी दिए। साउन २१ गते जिल्ला प्रशासन कार्यालयको टोली आएर नियमित बसेर नागरिकता दिएको हो । त्यस यता इलाका प्रशासन कार्यालय रामपुरबाट ४ सय ६० नयाँ, ४ सय ४० प्रतिलिपी गरि ९ सय जनाले नागरिकता प्रमाणपत्र लिएका छन्

SHARE