रामतुलसी माविको जग्गा व्यवस्थापन सम्बन्धी छलफल

0
247

सुशीला रेग्मी
भदौ५,२०७८ पाल्पाः रामतुलसी मावि रामपुर पाल्पाको भेला बसेको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको भेलाले विद्यालयको स्वामित्वमा रहेको जग्गा व्यवस्थापन (लामो समय सम्म लिजमा दिने÷नदिने) सम्बन्धी छलफल गरेको छ ।
प्रधानाध्यापक बालकृष्ण लम्सालले व्यावसायिक कृषिफार्म संचालन गर्न २० वर्ष सम्मका लागि विद्यालयको जग्गा माग आएकाले लामो समय सम्म जग्गा लिजमा दिन सकिने या नसकिने सम्बन्धमा सरोकारवालाको भेला गराएको जानकारी दिए ।
भेलाका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले विद्यालयमा कृषि बाली विज्ञान विषय पठनपाठन भइरहेको हुदा प्रयोगात्मक सिकाईका लागि कृषिफार्म स्थापना गर्नु राम्रो कुरा रहेको बताए । तर वार्षिक पाँच÷सात लाखको कमाईलाई मात्रै हेरी लामो समय सम्म बाहिरका व्यक्ति, संघ संस्थालाई नभई स्थानीय युवालाई नै प्राथमिकता दिनुपर्ने बताउदै नगर प्रमुख थापाले कृषि व्यावसाय गर्ने युवालाई नगर सरकारले सहयोग गर्ने बताए ।
पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा समाजसेवी देवराज ढकालले विद्यार्थीको चाप बढ्दै गएको नमुना रामतुलसी माविमा संचालन भएको कृषि बाली विज्ञान विषयका विद्यार्थीलाई यहाँ ठुला फार्म संचालन गर्न सकेमा अत्यन्तै राम्रो हुने बताए । उनले लामो समय सम्म लिजमा सम्भmौता गरी दिदा थप संरचना बिस्तारमा समस्या हुन सक्ने बताए ।
पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य तथा समाजसेवी राजुप्रसाद श्रेष्ठले सबैभन्दा पहिला विद्यालयले अबको २० वर्ष भित्रमा के कस्ता काम गर्न सकिन्छ भनेर रणनीति बनाउनु आवश्यक रहेको बताए ।
साथै उनले विद्यालयको स्वामित्वमा रहेको ११५ रोपनी जग्गा निर्धारण गर्नुपर्ने र सो जग्गामा कति भौतिक संरचना बनाउने, कती जग्गामा कृषिफार्म खोल्ने, तीनवर्षे कृषि बाली विज्ञान विषय पढाई हुदै आएकोमा अब माथिल्लो तहको कक्षा पनि शुरुवात गर्नुपर्ने भएकाले निश्चित समय अवधीको रणनीति बनाउनुपर्नेमा सुझाव दिए ।
नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराईले अहिले विद्यालयको नाममा पर्ने सबै जग्गा पहिला छुट्टाउनुपर्ने बताउनुहुदै २० वर्ष सम्म ठुला फार्म चलाउन विद्यालयले सम्झौता गरेर दिदा थप पूर्वाधार, शैक्षिक क्षेत्र विस्तारमा समस्या आउन सक्ने बताउछन् ।
नेकपा एमाले रामपुर नगर कमिटि अध्यक्ष विष्णुप्रसाद रेग्मीले विद्यालयको खाली जग्गालाई व्यवस्थापन गरी खेलकुदको लागी विकास गरिनुपर्ने सुझाव दिए ।
नेकपा माओवादी केन्द्र नगर अध्यक्ष कमलराज भट्टराईले लामो समयसम्म कसैलाई पनि जग्गा दिन नहुने बताउनुहुदै विद्यालयमा संचालक समिति फेरबदल भइरहने हुदा समितिले आफ्नो पदावधि भित्र कती काम गर्न सकिन्छ भनी प्रतिफल दिने गरी योजना बनाउनुपर्ने बताए ।
भेलामा सहभागीले पालैपालो संग आफ्ना सुझाव राखेका छन् । पाल्पा जिल्लामै सबैभन्दा बढी विद्यार्थी संख्या भएको यस विद्यालय अबको २० वर्षमा हजारौँ विद्यार्थी हुन सक्ने भन्दै लामो समय सम्म जग्गा लिजमा दिनु उचित नहुने सुझाव दिएका छन् ।

खाली जग्गालाई सदुपयोग गर्दै केही समयको लागि स्थानीय व्यक्ति, संघ संस्था, जग्गा संग जोडिएका घरधनीलाई पहिलो प्राथमिकता राखेर लिजमा दिन सकिने, खेलकुद क्षेत्रलाई बिस्तार गर्न सकिने जस्ता कुरामा सहभागीले जोड दिएका छन् ।
विद्यालय व्यवस्थापन समितिका सदस्य दुर्गादेवी रानाको स्वागतमा कार्यक्रमको संचालन प्रधानाध्यापक बालकृष्ण लम्सालले गरेका थिए । भेलामा वर्तमान तथा व्यवस्थापन समित पदाधिकारी, अभिभावक, जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,पत्रकार, बुद्धिजीवी, समाजसेवी, शिक्षासेवी लगायतको सहभागीता रहेको थियो ।

SHARE