दाङका बनमा चोरी तस्करी बढ्न थाल्यो

0
415

दिवाकर पोख्रेल
भदौ५,२०७८दाङः दाङ देउखुरी क्षेत्रमा हुने अवैध काठ ओसारपसार र चोरी तस्करी नियन्त्रण गर्न डिभिजन वन कार्यालय देउखुरी लमहीले वनमा गस्ती टोली बढाएको छ ।
विभिन्न सामुदायिक वन क्षेत्रमा हुनसक्ने चोरी तस्करीलाई मध्यनजर गरेर गस्ती टोली परिचालन गरिएको डिभिजन वन कार्यालय देउखुरी लमहीका प्रमुख बेसिन्द्रराज सुबेदीले बताए ।
चोरी निकासी रोक्नका लागि युद्धस्तरमा गएर सामुदायिक वन समूहमा वन रक्षकहरुले गस्ती गरिररहेका छन् । देउखुरीका विभिन्न सामुदायिक वनहरुमा अवैध चोरी तस्करी बढ्न थालेपछि गस्ती कार्यलाई थप कडाइ गरिएको डिभिजन वन कार्यालय देउखुरी लमहीका प्रमुख सुबेदीले बताए ।
बाहिर जिल्लाबाट र जिल्लाभित्रका मानिसले लुकीछिपी अवैध रुपमा काठ चोरी गर्ने भएकाले रोक्नका लागि गस्ती कार्यलाई थप कडाइ गरिएको सुबेदीले दाबी गरे । उनले सामुदायिक वन समूहहरुमा सुरक्षामा कुनै कमी नभएको दाबी गरे । देउखुरी क्षेत्रमा एकसय ४८ वटा सामुदायिक वन समूहहरु रहेका छन् ।
दुइजना व्यक्ती सहित अवैध काठ वनको नियन्त्रणमा
अवैध रुपमा विभिन्न जातका काठ ओसारपसार गर्दागर्दै देउखुरीबाट डिभिजन वन कार्यालय देउखुरी लमहीले दुईजना व्यक्ती सहित काठका गोलीया बरामद गरेको छ ।
काठ ओसार पसार गरिरहेको भन्ने सुचना आधारमा खटिएको गस्ती टोलिले चेकजाँच गर्ने क्रममा लमही नगरपालिका वडा नम्बर ८ गिधनियाबाट रा १ त ४२९८ नम्बरको टेक्टरमा बुधबार राति ८ बजे सिमल जातको ५६.४२ क्युफिट गोलिया काठ सहित घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नी निवासी ३६ वर्षिय टेक्टर (चालक) खुसिराम चौधरीलाई पक्राउ गरेको डिभिजन वन कार्यालय देउखुरी लमहीका सूचना अधिकृत प्रेमीलालप्रसाद शाहले जानकारी दिए ।
उनका अनुसार रात १ त ४२९८ नम्बरको टक्टरमा विभिन्न नाप साईजको टाँचा निशानी नलागेको अवैध सिमल जातको ५ थान गोलिया को ५६.४२ क्युफिट पक्राउ गरि थप कार्वाहीको प्रक्रिया अगाडि बढाइएको छ ।
यस्तै वन कार्यालयले बिहिवर पश्चिमबाट पूर्वतर्फ जादै गरेको रा १ च ९४० नम्बरको सेतो पिकअपमा लोड गरिएको सालको चिरान काठ एक सय ११ थान अर्थात ४६.४४ घन.फि अवैध सालको काठ सहित राप्ती गाउँपालिका वडा नम्बर २ बराखुटी निवासी ३१ वर्षिय (चालक) केशव विकलाई सिसहनियाँबाट नियन्त्रणमा लिएको शाहले जानकारी दिए ।

SHARE