भदौ४,२०७८ कपिलबस्तुः सीमा क्षेत्रमा हुने अपराधमा भारतीय मोटरसाइकलको प्रयोग निरुत्साहीत गर्न जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अभिलेखीकरण गर्ने कार्य सुरु गरेको छ । हत्या देखी, चोरी तस्करी, लागु औषध कारोबारमा अत्याधिक प्रयोग हुन लागे पछि प्रहरीले अभिलेखीकरण गर्ने कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।
अभिलेखीकरण नहुँदा अपराधमा प्रयोग भएका भारतीय सवारीसाधन प्रयोगकर्ता पहिचान गर्न असहज भए पछि प्रहरीले नयाँ जुक्ती निकालेको हो । भारतीय सिमा आसपास र राजमार्ग देखी दक्षिण तर्फका बस्तीमा भन्सार गरेका र नगरेका भारतीय मोटरसाइकल, जिप तथा कार नेपालीले प्रयोग गर्दै आएका छन् । विवाहमा दाइजो स्वरुप र भारतमा मुल्य सस्तो पर्ने हुँदा भारतीय आफन्तको नामबाट खरिद गरेर प्रयोग गर्ने गरेका छन् । चोरी भएका नेपाली मोटरसाइकलमा भारतीय नम्बर राखेर अपराधिक कृयाकलापमा संलग्न भएको समेत भेटिएको छ ।