एकैदिन पाल्पामा २ सय जनामा कोरोना

0
303

साउन३१,२०७८ पाल्पाः पाल्पामा एकैदिन दुई सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पिसिआर परीक्षणमा १० जना र एन्टिजेन परीक्षणमा १९० जना गरि कुल २ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। जिल्लाभरका स्थानीय तहमा आज १९ जना पिसिआर र ७ सय ४६ जनाको एन्टिजेन परीक्षण गरिएको पन्थीले जानकारी दिए ।
पाल्पामा आतबार कोरोना मुक्त हुनेको संख्या जम्मा १३२ जना रहेका कार्यालयले जनाएको छ । यो संगै जिल्लामा अहिले सम्म सक्रिय संक्रमितको संख्या ५ ०८ पुगेको छ । त्यसमध्ये ४ सय ४४ जना होम आइसोलेसनमा रहेका छन भने ६४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ छ ।

SHARE