साउन३०,२०७८पाल्पा : पाल्पामा बाबुले हानेको बन्दुकको छर्राले लागेर छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका( ६ ठिमुरेस्थित तल्लोताल ३५ वर्षीय धनबहादुर लम्तरी रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।
५६ वर्षीय कर्णबहादुरले शुक्रबार बेलुकी ६ बजे भरूवा भन्दुकले मकै बारीमा आएको स्याललाई हानेका थिए। स्याललाई ताकेको बन्दुकको छर्राले घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका छोरालाई लागेर मृत्यु भएको त्वातीले बताए।