तालपोखराको आम्दानी खर्च सार्वजनिक

0
273

सुशीला रेग्मी
पाल्पाःतालपोखरा संरक्षणका समिति रामपुर पाल्पाको आयोजनामा संस्थाको सदस्यता वितरण तथा पर्यटन विभागबाट प्राप्त रकमको कार्य प्रगती एवम् आम्दानी खर्च सार्वजनिक गरिएको छ । समितिका अध्यक्ष एवम् निर्माण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो ।
अध्यक्ष देवकोटाले गत आर्थिक वर्षमा पर्यटन विभागबाट प्राप्त ४७ लाख २३ हजार ५८ रुपैयाँ रकमबाट तालपोखरा मर्मत तथा स्तरोन्नतीको काम भएको कार्य प्रगति प्रस्तुत गरे ।
विभागबाट प्राप्त रकममध्ये तालपोखराको पर्खाल मर्मत तथा स्तरोन्नती लगायतका विभिन्न काममा ४० लाख ४५ हजार ३० रुपैयाँ खर्च भएको छ भने ६ लाख ७७ हजार ७५३ रुपैयाँ वचत गर्न सफल भएको अध्यक्ष देवकोटाले बताए । तालपोखरा परिषरमा ८० मिटर लम्बाई र ३ Þ७० मिटर उचाई ढुंगाको पर्खाल तथा तीन सय मिटर लम्बाई, तीन मिटर उचाई रडको जाली सहित भित्ता ढलानको काम भएको छ ।
साधारण सदस्यताका लागि तीन सय र आजिवन सदस्यताका लागि दुई हजार रकम लिएर सदस्यता वितरण गर्ने कार्यक्रममा जानकारी गराइएको छ ।
कार्यक्रममा मुख्य पाहुना रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले रामपुरको पर्यटकीय तालपोखरामा डुंगा संचालन गरेर आम्दानी लिन सकिने बताउनुहुदै सदस्यता वितरण कार्य महत्वपूर्ण रहेको बताए । रामपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले कार्यक्रमको सफलताको कामना गरे ।
तालपोखरा संरक्षण समितिका उपाध्यक्ष पुरुषोत्तम ढकालको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन योजना निर्माण समितिका सचिव जनक भण्डारीले गरेका थिए ।

SHARE