सुशीला रेग्मी
साउन२३,२०७८गुल्मीः रामपुर नगरपालिका भित्रका विभिन्न व्यवसायको अनुगमन गरिएको छ । नगरपालिकाले युवा स्वरोजगार कार्यक्रमबाट व्याज अनुदान प्रस्ताव पेश गरेका वा अनुदान प्राप्त गरिसकेका युवा उद्यमीहरुको व्यवसाय अनुगमन गरिएको हो ।
नगर प्रमुख रमणबहादुर थापाको नेतृत्वमा तरकारी, बंगुरफार्म, भैंसी, गाईपालन, हाँस, कुखुरा व्यवसाय, च्याउ खेतीको अनुगमन गरिएको निमिक्त प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखा प्रमुख रामहरी पाणडेयले जानकारी दिनु भएको छ । नगरपालिकाको यस युवा स्वरोजगार कार्यक्रममा सहभागी भएका युवाले व्याज अनुदान कार्यक्रमबाट प्रभावित भई व्यवसाय बिस्तार गर्दै गएको शाखा प्रमुख पाण्डेयले बताउनुभयो ।
नगरपालिकाले तीन वर्ष अघि देखि कृषि, पशुपालन, कुखुरापालन, लगायतका व्यवसाय गर्न दुई वर्ष सम्म व्यवसाय हेरी १२ लाख सम्म व्याज अनुदान उपलब्ध गराइएको छ । अबदेखि १२ लाखबाट रकम थप गरी २० लाख सम्म पु¥याउने नगरपालिकाले जनाएको छ । रामपुर नगरपालिका वडा नं ४, ५, ६ मा अनुगमन गरिएको पशु सेवा शाखा प्रमुख तुल्सिराम काफ्लेले बताउनुभएको छ ।