सिभिटन क्लवद्धारा पाँच विद्यालयमा अक्षयकोष स्थापना

0
293

सुशीला रेग्मी
रामपुर (पाल्पा), २० साउन :रामपुर नगरपालिकाका पाँच सामुदायिक विद्यालयमा सिभिटन क्लव अफ रामपुरले अक्षयकोष स्थापना गरेको छ ।
सिभिटन इन्टरनेश्नल अन्तर्गत क्लवले गरिव तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउन यहाँका पाँच विद्यालयमा रु ११÷११ हजार राशी बराबरको अक्षयकोष स्थापना गरेको हो ।
नवदुर्गा मावि, सीताराम मावि, कालिका मावि, रामपुर आधारभूत विद्यालय र बालकल्याण प्राथमिक विद्यालयमा स्थापना गरिएको अक्षयकोष रकम विद्यालयलाई हस्तान्तरण गरिएको क्लवका सचिव दिपेन्द्र भट्टराईले जानकारी दिए ।
अक्षयकोष रकमबाट एक÷एक जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति वितरण गरिने क्लवले जनाएको छ । अक्षयकोष स्थापना भएका विद्यालयमा मुल राशीमा रकम थप गर्ने र यहाँका अन्य बाँकी विद्यालयमा पनि विस्तार गरिने योजना रहेको क्लवले जनाएको छ ।
शैक्षिक क्षेत्रमा विद्यार्थीको मनोबल बढाउनका निम्ति क्लवले विद्यालयमा अक्षयकोष स्थापना कार्य सुरु गरेको क्लवका सदस्य लक्ष्मण भट्टराई बताउँछन् ।

SHARE