मुसिकोटको बिकासे योजनामा अनियमितता भएको आरोप

0
670

सन्तोष महतारा
गुल्मी, १६ साउन ÷ गुल्मीमा नक्कली बिल भरपाई बनाएर लाखौं रकम भष्ट्रचार गरेको आरोप लगाइएको छ । जिल्लाको मुसिकोट नगरपालिकामा नक्कली बिल भरपाई बनाएर खानेपानी र सिँचाई लगायतका आयोजनाको नाममा लाखौं रकम नगरपालिकाबाट निकासी गरी एक ब्याक्तिले भष्ट्रचार गरेको वडा नम्बर २ का स्थानीय रबिन्द्र केसीले आरोप लगाए ।

नगरपालिकाको वडा नम्बर २ मा स्थानीय तह बन्नुभन्दा केही महिना पहिले ‘चित्रुङ्ग–साजनबोट–झरुवा–रातचौर’ खानेपानी आयोजना र त्यहीँ नामको सिँचाई आयोजना थियो । उक्त आयोजनामा कुनै काम नगरी नक्कली समिति बनाएर १ लाख ४४ हजार रुपैयाँ निर्वाचित हुनासाथ त्यहाँका वडासदस्य बाबुराम भनिने नर बहादुर खत्रीले नगरपालिकाबाट भुक्तानी लिएका छन् । तर, योजनाको केही काम नभएको स्थानीय रबिन्द्र केसीले बताए । धेरै समयपछाडी ४० हजारको पाइप किने भनेर देखाउने वडासदस्य खत्रीले उक्त पाइप पनि फेरि अर्को योजनाको भनेर फिर्ता लगेका छन् । समिति नै गठन नगरी वि.सं. २०७४ मा तत्कालिन वडासचिव रघुवीर शाहसहितको मिलेमोतोमा उक्त रकम निकासा भएको स्थानीय केसीले बताए । सर्लाही घर भएका वडासचिव अहिले सरुवा भएका छन् ।

वि.सं. २०७४ मा जनप्रतिनिधि निर्वाचित भएपछि फेरि वडा सदस्य खत्रीको पहलमा चित्रुङ्ग खोला ताल्तुङ्ग सिँचाईमा १ लाख रुपैयाँ बजेट विनियोजन भयो । त्यसमा पनि गाउँका सोझा र इमान्दार मानिने कृष्ण बहादुर खत्रीलाई समितिको अध्यक्ष बनाएर किर्ते काम गरिएको छ । समितिका अध्यक्षले यसबारे केही थाहा नभएको बताउँदै आएका छन् । यस योजनाको पनि कुनै काम नभएको स्थानीय रबिन्द्र केसीले बताए । तर, वडासदस्य नरबहादुरले आफुले यस योजनाको रकम भुक्तानी लिइसकेको बताएका छन् । त्यतिबेला नै चित्रुङ्गखोला भट्टेटारी सिँचाई आयोजना पनि सामान्य प्रकारले कुलोमा पलाष्टर गरेर ५० हजारको योजनामा ४१ हजार ५ सय रुपैयाँ भुक्तानी भएको छ । यसमा पनि समितिले काम गर्नुपर्नेमा नक्कली समिति बनाएर उनै वडासदस्य नरबहादुरले रकम भुक्तानी लिएको वडा नम्बर २ का स्थानीय रबिन्द्र केशी बताए ।

क्वारेन्टाइनमा बसेकाहरुको नाम डोर हाजिरी फारममा भरेर योजनाको भुक्तानी

कोरोना महामारीको समयमा वि.सं. २०७६ सालमा नेपाल पूर्ण रुपले लकडाउन भयो । त्यतिखेर कोभिडको जोखिमलाई मध्यनजर गर्दै भारत तथा तेस्रो मुलुकबाट आएकाहरुलाई विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राख्ने गरिन्थ्यो । नगरपालिकाको केन्द्र वडा नम्बर ७ वामीटक्सारमा रहेको महेन्द्र आदर्श माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा थुप्रै ब्याक्तिहरु बसेका थिए । त्यहाँ बसेकाहरुको नाम डोर हाजिरी फारममा भरेर उनै वडासदस्य नरबहादुरले एक आयोजनाको रकम समेत भुक्तानी लिएका छन् । वडा नम्बर २ को बगैँचा भन्ने ठाउँमा वडास्तरीय तटबन्धन योजनाको भुक्तानी लिदाँ उनले नक्कली बिलभरपाई बनाउने क्रममा क्वारेन्टाइनमा बसेकाहरुको नाम डोर हाजिरी फारममा भरेका हुन् । कुल १ लाख ९० हजार रुपैयाँको यस योजनाको भुक्तानी वि.सं. २०७६ साल असारमा लिएका हुन् । बडिगाढ संरक्षण गर्न भनी प्रयोगविहिन भएका निशुल्क बुन्ने जाली लिएर केही मात्रामा तटबन्धन पनि गरेको स्थानीय बिरेन्द्र केसीले बताए ।

यस योजनाको बारेमा स्थानीय रबिन्द्र केसीले नगरपालिकासँग सूचना माग समेत गरेका थिए । छलफल गर्न बोलाउने भनी आफुलाईलाई पठाएको नगरपालिकाले कुनै सल्लाह नगरी रकम भुक्तानी दिएको उनै केसी बताउँछन् । नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले आफु हुनसम्म त्यहाँबाट रकम भुक्तानी नलगेको सुचना माग गर्ने केसीसँग बताउँदै आएका छन् ।

उनले सामान्य खर्चमा निशुल्क जाली लिएर ६ दिन गरेको सामान्य कामलाई डोर हाजिरी फारममा क्वारेन्टाइनमा बसेकाहरुले १६ दिन काम गरेको भन्दै आफैले सबैको नक्कली हस्ताक्षर गरेका छन् । यस आयोजनामा काम गर्नेहरुको नाममा क्वारेन्टाइनमा बसेकाहरुको नाम उल्लेख गरी १ लाख ३९ हजार २ सय खर्च देखाइएको छ । योजनामा दक्ष २ जना र अदक्ष १० जना गरी कुल १२ जनाले १६÷१६ दिनका दरले काम गरेको डोर हाजिरी फारममा उल्लेख छ । यस योजनामा पनि समिति गठन नभई नक्कली समिति देखाएर रकम भुक्तानी लिएको स्थानीय बिरेन्द्र केसीले बताए ।

यहीँ समयमा अर्को बडिगाढ ताल्तुङ्ग लिफ्टिङ्ग आयोजनमा पनि उनले केही काम नगरी छिमेकीको घरमा पुगेर बाबुछोरालाई अध्यक्ष र उपाध्यक्ष बनाई १ लाख रकम भुक्तानी लिएका छन् । कुनै काम नगरी नक्कली समितिको आधारमा किर्ते गरी बिलभरपाई मिलाएर आएको भन्दै स्थानीय जनक केसीले नगरपालिकामा निवेदन समेत दर्ता गरेका थिए । यसबारे पनि नगरपालिकाले केही सुनुवाई नगरी उनै वडासदस्य नरबहादुरलाई रकम भुक्तानी दिएको स्थानीय बिरेन्द्रले जानकारी दिए ।

त्यस्तै कोरोना महामारीको समयमा वि.सं. २०७६ मा रकम भुक्तानी हुने अन्तिम समयमा स्थानीय तहहरुले कोभिड–१९ प्रभावित कृषकहरुलाई अनुदान दिने कार्यक्रम ल्याएका थिए । जसमा ‘टनेल घर’ निर्माणका लागि मुसिकोट नगरपालिकाले प्रति प्रभावित ११ हजार रुपैयाँ अनुदान दिन्थ्यो । तर, वडा नम्बर २ मा उनै वडासदस्य नरबहादुरको पहलमा ‘टनेल घर’ निर्माण नै नगरेका ताल्तुङ्गका कृष्ण बहादुर कार्कीलाई रकम भुक्तानी दिइएको छ । वडाका कृषि कर्मचारी सर्बजीत वली र उनै वडासदस्य नरबहादुर मिलेर कामै नगरेका कार्कीलाई रकम दिएको स्थानीय रबिन्द्र केशीले बताए ।


वडासदस्य र वडासचिवले पैसा बाँडे

वि.सं. २०७४ मा जनप्रतिनिधि निर्वाचित भएपछि फेरि वडा सदस्य खत्रीको पहलमा चित्रुङ्ग खोला ताल्तुङ्ग सिँचाईमा १ लाख रुपैयाँ बजेट त्यतिबेला नै चित्रुङ्गखोला भट्टेटारी सिँचाई आयोजनामा ५० हजारको योजना परेको थियो । सामान्य कुलो बनाउने काम गरी १ लाख ५० हजार रकम नगरपालिकाबाट त्यतिखेरका वडासचिव रघुवीर शाहले भुक्तानी लिए ।

वडासदस्य नरबहादुरका अनुसार वडासचिवले पैसा बाड्ने नियतले ८० हजार आफ्नो ब्याक्तिगत खातामा राखिएदिएका थिए । पैसा बाड्ने क्रमकको नियतदेखिएपछि वडासचिवलाई सबै पैसा माग गरेको वडासदस्य नरबहादुर बताउँछन् । १ लाख ५० हजार मध्ये ८० हजार खातमा राखिदिएको र पछि १७ हजारको चेक दिएका वडासचिव रघुवीरले अरु पैसा कुम्लाएर सरुवा भएको उनै वडासदस्य बाबुराम भनिने नरबहादुरले स्विकार गर्छन् । आफ्नो खातामा आएको रकम त्यसको खर्च र अन्य विकासका लागि खर्चिएको वडासदस्य नरबहादुरले बताए ।
आफु निर्वाचित हुनुअघिको बिषयको योजनामा उनले अनेत्र बजेट खर्च गरिएको बताएका छन् । “एक रुपैयाँ मैले अनियमितता गरेको खुलेमा म यसठाउँमा बस्दिनँ ।” नरबहादुरले भने, “पर्वतको ठेकेदार सँगबाट बाग्लुङ्ग पुगेर वडास्तिरीय तटबन्धन गर्न लिएका जालीको बिल पर्वतबाट लिन सम्भव नभएर तम्घासको रेसुङ्गा सप्लायर्सबाट नक्कली बिल लिएको स्किार गर्छु ।” यस योजनाको रकम नगरपालिकाबाट भुक्तानी नहुदैं भष्ट्रचार गरेको भनेर खबर दिनेहरुले त्यति नबुझिकन पखेटा बिना उड््न खोज्नु लज्जास्पद भएको उनले बताए । क्वारेन्टाइनमा बसेकाको नक्कली नाम नराखेको भन्दै उनले बिलमा कम रकम देखाएर डोर हाजिरी फारममा बढीको रकम देखाएको वडासदस्य खत्रीले बताए । वडाका साथीहरुले नगरपालिकामा निवेदन दर्ता गरेकोले रकम भुक्तानी बाँकी रहेको उनले स्पष्ट पारे । ताल्तुङ्गका कृष्ण बहादुर कार्की एकल र आफैमा अपाङ्गसहित अशक्त रहेकोले टनेल निर्माण गर्ने प्रतिबद्धतासहित रकम भुक्तानी प्राविधिकले गरेको उनले बताए ।

मुसिकोट नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष लक्ष्मण खत्रीले काम नगरेका योेजनाको बजेट फ्रिज भएर गएको र काम गरेको सबै फाइलसहित प्राविधिकको मुल्याङ्कन आएपछि सिफारिस गर्ने गरेको बताए ।

मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले आफु आउनु भन्दा अगाडीका योजनाहरु भएकोले सबै योजनाको सम्बन्धमा बुझेर अगाडी बढ्ने बताउँदै भुक्तानी हुन बाँकी रकम अनुगमन गरेर मात्र भुक्तानी दिने उनले बताए । मुसिकोट नगरपालिकाका उपप्रमुख कमला शर्माले खानेपानीको योजनामा समान आएको तर काम नभएको स्किार गर्दै यदि आरोप लगाएको कुरा सत्य भए जोसुकै भएपनि कार्वाही गरेर छाड्ने प्रतिबद्धता जनाइन् । नगरपालिकाको समूहले अनुगमन निरन्तर गरिहेको भन्दै उपप्रमुख शर्माले आरोप मात्र लगाएको भए केही भएन सत्य भएमा कानुनी दायरामा ल्याउने बताइन् ।

मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले गाविस रहँदाको रकम नगरपालिकाले निदएको हुनाले त्यतिखेर मिलेर खाएका हुनसक्ने बताए । आफुले यसबारे सतहीमा पुगेर जानकारी लिने भन्दै .नगरपालिका प्रमुख सापकोटाले नगरपालिकाबाट रकम भुक्तानी भएर काम नभएका योजना भएमा जसलाई पनि कार्वाही हुने बताए । तत्कालिन गाविस सचिवले स्थानीयको मिलेमोतोमा लापरबाही गरेको हुनसक्ने उनको अनुमान छ ।

राजनीतिक आरोप–प्रत्यारोप
विभिन्न योजनामा भष्ट्रचारको आरोप लगाइएका मुसिकोट नगरपालिका वडा नम्बर २ का वडासदस्य बाबुराम भनिने नर बहादुर खत्रीले सबै सत्य नभएको भन्दै केबल राजनितिक आरोप–प्रत्यारोप भएको बताए । कुनै योजनामा रकम फ्रिज हुन्छ भनेर बिलभरपाई मिलाएर पछि काम भएपनि योजनाको अनियमितता नभएको भन्दै बिपक्षमा रहेर राजनितिक गर्नेहरुले आरोप लगाएको बताए ।

कुनै योजनाको रकम भुक्तानी भएको छ वा छैन भनेर नबुझीकन भष्ट्रचारको आरोप लगाउनेहरु पखेटा बिना उड्न खोजेको भन्दै उनले बुझेर वा उड्नै मन भए पखेटा राखेर उड्न आग्रह गरे ।

SHARE