रेसुंगा माध्यमिक बिद्यालयका शिक्षक र बिधार्थीहरुद्धारा थ्रिडी पार्क सरसफाई

0
513

साउन१३,२०७८गुल्मीः सदरमुकाम तम्घासमा रहेको थ्रिडी पार्क डम्पिङ साइडमा परिणत हुन थाले पछि रेसुंगा माध्यामिक विद्यालयका शिक्षक र बिद्यार्थीहरुले सरसफाई गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय अगाडी रहेको थ्रिडी पार्क डम्पिङ साइडको रुपमा परिणत हुँदा समेत सरोकारवाला कसैको ध्यान नगएकाले शिक्षक बिद्यार्थीहरु मिलेर सरसफाई गरिएको बिद्यालयका शिक्षक जीबन मरासिनीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयको अगाडी रहेको पार्क यसै बेवारिसे जस्तो देखिएको र सरसफाइमा समेत कसैको ध्यान नगएकाले आफूहरुले सरसफाई गरेको कक्षा १० मा अध्यनरत बिधार्थी नारायण चन्दले बताए ।
पार्क बेवारिसे अबस्थामा रहेको र यसलाई ब्यबस्थापन गर्ने पक्षमा कसैको ध्यान नजानु दुःखद रहेको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए । राज्यको सम्पती यसरी दुरुपयोग हुँदा पनि कसैको नजर जान नसक्नु विडम्बना भएको उनको भनाई छ ।
नगरपालिका र लम्बिनी प्रदेश सरकारको ५०÷५० प्रतिशत साझेदारीमा ५५ लाखमा निर्माण भएको पार्क लामो समय भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
यता रेसुंगा नगरपालिकाले भदौबाट पार्कलाई ब्यबस्थित गरी संचालन गर्ने तयारीमा रहेको बताएको छ ।
पार्क बेवारिसे अवस्थामा रहेकोले पार्क जीर्ण बन्ने चरणमा छ । पार्कको गेट भाँचिएको छ । रंग रोगन समेत मेटिन थालेका छन् । पार्कमा जानेहरुले फोहोर गर्ने, संरचना बिगार्ने गरेका छन् ।

SHARE