शिक्षकलाई खोप उपलब्ध गराउन ज्ञापन पत्र

0
244

सुशीला रेग्मी

साउन१२,२०७८पाल्पाः नेपाल शिक्षक संघ रामपुरले शिक्षकलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको छ।
संघले मंगलवार कोभिड १९ बिरुद्धको खोप तत्काल उपलब्ध गराउन रामपुर नगरपालिकालाई ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको छ ।
छिमेकी जिल्ला तथा स्थानीय तहहरुको सक्रियतामा खोप लगाइसकिएको हुदा रामपुर नगरपालिका भित्र मात्रै खोप लगाउन वेवास्ता गरिएको भन्दै छिटो भन्दा छिटो सबै शिक्षकलाई खोपको प्रबन्ध मिलाउन आग्रह गरिएको छ ।
संघले रामपुर नगरपालिका शिक्षा शाखा अधिकृत बिकल काफ्लेलाई कार्यालयमा भेटेर ज्ञापन पत्र बुझाएको छ । संघका नगर अध्यक्ष लेखनाथ रेग्मी र सचिव डोलराज रेग्मीद्धारा हस्ताक्षरित विज्ञप्ती नगरपालिकालाई बुझाइएको हो ।

SHARE