पाल्पाका ३५ बर्षीय राना मृत फेला

0
56

साउन८,२०७८पाल्पा :रिब्दीकोट गाउँपालिका–६ ठिमुरेमा शुक्रबार एक जना मृत फेला परेका छन्। स्थानीय ३५ वर्षीय चिरञ्जीवी राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।

घरदेखि केही पर रहेको रक्सी पार्ने गैरा भन्ने ठाउँको खोल्सामा शुक्रबार बिहान साढे ६ बजे राना मृत अवस्थामा भेटिएका उनले बताए। बिहीबार दिउँसो साढे २ बजे उनी पशुलाई बिछ्याउने सोत्तर काट्न जंगलतिर गएका थिए। राति अबेरसम्म घरमा नफर्किएपछि स्थानीयले उनको खोजी कार्य गरेका थिए।

खोजतलास गर्ने क्रममा शव फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।

SHARE