रामपुर नगर उपप्रमुख आचार्यद्धारा विरुवा रोपण

0
320

सुशीला रेग्मी
रामपुर (पाल्पा), ५ साउन
आषाढ शुक्ल एकादशीका दिन पारेर मंगलवार रामपुर नगरपालिका वडा नं ५ स्थित सुरक्षा बेस क्याम्पको शिव मन्दिर परिषरमा विरुवा रोपण गरिएको छ । रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, बेस क्याम्पका प्रमुख गुल्मपति कुमार दाहाल, शहीद सूर्यप्रसाद घिमिरेका धर्मपत्नी राधादेवी घिमिरेले संयुक्त रुपमा वर, पिपल, स्वामीको विरुवा रोपण गर्नुभएको छ ।
वातावरण संरक्षण गर्न र हिन्दु धर्म संस्कार अनुसार पुण्य प्राप्ती हुने विश्वासले भगवान् शिवको मन्दिर परिषरमा पिपल, वर, स्वामीको विरुवा रोपण गरेको नगर उपप्रमुख आचार्यले बताउनुभएको छ ।
आषाढ शुक्ल एकादशीको दिनमा घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको विरुवा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आषाढ शुक्लदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आषाढ शुक्ल एकादशीको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् बताउँछन् ।

SHARE