चार दिनदेखि बेपत्ता रिब्दीकोटका बिकको शव सडेको अवस्थामा फेला

0
258

साउन४,२०७८पाल्पा : रिब्दीकोट गाउँपालिका–१ ख्याहाका ७० वर्षीय शालिकराम विक मृत अवस्थामा फेला परेका छन्।

बेपत्ता भएको चार दिनपछि सोमबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए। शान्तिचौरमा रहेको वडा कार्यालय नजिकै उनको शव फेला परेको हो।

कच्चि सडकभन्दा करिब १०० मिटर तल भीरमा अड्किएको अवस्थामा उनी मृत भेटिएका हुन्। सडेको अवस्थामा शव फेला परेको त्वातीले बताए। साउन १ गते विहानदेखि उनी सम्पर्कबिहिन भएका थिए।

स्थानीय र प्रहरीको सहायतामा खोजी गरिएको थियो। उनी माहिली बुहारीसँग घरमा बस्दै आएका थिए। विक स्याङ्जामा रहेका छोरीको घरमा जान्छु भनि हिँडेका प्रारम्भिक अनुसन्धानमा खुलेको त्वातीले बताए। उनको हिड्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।

SHARE