वडाअध्यक्ष सुनारीको निधन

0
274

सुशीला रेग्मी
रामपुर (पाल्पा), २९ असार ः पाल्पाको निस्दी गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष न्यौबहादुर सुनारीको निधन भएको छ । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा वडाअध्यक्ष सुनारीको गएराती ५२ वर्षको उमेरमा निधन भएको हो ।
नेकपा एमाले जिल्ला सल्लाहकार परिषद् पाल्पाका सदस्य एवं पूर्व जिल्ला कमिटी सदस्य समेत रहनु भएका सुनारीलाई सोमबार स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा गएराती १२ वजे निधन भएको हो ।
केही समय देखि कमजोरीपन महसुस हुने समस्याले उहाँले उपचार गराउँदै आउनु भएको थियो । सुनारीको मंगलवार रामपुर नगरपालिका वडा नं ६ स्थित कालीगण्डकीको परेवाघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ । सुनारीको श्रीमती सहित एक छोरा, दुई छोरी छन् ।

SHARE