स्थानीय सरकार प्रति जनता खुसी छ्न :समन्वय प्रमुख

0
513

असार २८,२०७८ गुल्मी: जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले स्थानीय सरकार प्रति स्थानीय सन्तुष्ट भएको बताएका छ्न।
धुर्कोट गाउँ पालिकालाइ खरको छाना मुक्त गाउपालिका घोषणा गर्दै पराजुलीले यस्तो बताएका हुन।
धुर्कोट गाउपालिका जिल्लामा काम गर्ने हिसाबले उत्कृष्ट रहेको उल्लेख गर्दै जिल्लामा पहिलो खरको छाना मुक्त गाउपालिका भएकोमा उनले खुलेरै प्रशसा गरे।
धुर्कोट गाउपालिकाको प्रस्तुतीमा सधै राम्रो र चिटिक्क परेको प्रस्तुती रहने गरेको पनि उल्लेख गरे।
पछिल्लो समयमा निर्माण ब्यबसायीहरुले समयमै काम सम्पन्न नगर्ने गरेको भन्दै सबै चनाखो बन्न र अनुगमना ध्यान दिन पनि उनले आग्रह गरे।

SHARE