रामपुरमा वन तथा कृषि उद्यम बजार विकास सम्बन्धी तालिम

0
580

सुशीला रेग्मी
रामपुर (पाल्पा), २६ असार :वन तथा कृषि उद्यमबाट समृद्धि ल्याउन वनका उपभोक्ताहरुलाई वन उद्यम सम्बन्धी तालिम पाल्पाको रामपुरमा भएको छ ।
सामुदायिक वन उपभोक्ता समुहले उपभोत्तालाई आर्थिक स्तर उकास्न वन वातावरण क्षेत्रबाट गर्न सकिने वन उद्यम र त्यसको बजार व्यवस्थापन सम्बन्धी सामुदायिक वन महासंघले गरेको तालिममा उपभोक्ताहरुलाई उद्यमबारे जानकारी दिइएको हो ।
रामपुर नगरपालिकामा हाल ७१ वटा सामुदायिक वन रहेका छन् । नगरका बिभिन्न सामुदायिक वनको प्रतिनिधिहरुलाई वनमा गर्न सकिने फलफुल, जडिबुटी उद्यान र उपभोक्ताले अवलम्वन गरेका वन उद्यमलाई व्यावसायिक रुपमा सघाउन गर्न सकिने पहल एवम् बजार र यसको विकासबारे सहजिकरण गरिएको हो ।
रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले गमलामा लिचीको विरुवा रोपेर तालिमको उद्घाटन गरे । नगर प्रमुख थापाले वन वातावरण जोगाउन र हरियाली बनाउन सबैले भुमिका खेल्नुपर्नेमा बताउदै स्थानीय उपभोक्ताको अधिकारलाई समेटेर नवौ नगर सभाले विधान पारित गरेको बताए ।
नगर प्रमुख थापाले एक अर्को प्रसङ्गमा बोल्नुहुदै हाल कालीगण्डकी डाईभर्सनको योजनाले हरियाली कालीगण्डकीबेशी उजाड बन्ने हुँदा सबै एकजुट भएर कालीगण्डकी डाईर्भसनको खुलेरै बिरोध गर्न आग्रह गर्नुभयो ।
नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले वन जंगललाई घाँस दाउरा मात्रामा मात्रै सिमित बनाउन नहुने बताउनुहुदै वनलाई आयआर्जन संग जोडेर काम गरियो भने उपभोक्ताको आर्थिक स्तर बलियो हुने बताए ।
सामुदायिक वन महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले कार्यक्रमको सहजिकरण गर्नुहुदै नेपालको करिव ४० देखि ४५ प्रतिशत भु भाग वन जंगलले घेरेको हुदा त्यस वनमा विभिन्न प्रजातिका विरुवा लगाउन सकिने बताए । केन्द्रिय सदस्य श्रेष्ठले नेपाल सरकारले एक वन एक उद्यम नीति अवलम्वन गरी सामुदायिक वनलाई पर्यटन विकास गर्दै गएको बताए ।
रामपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष हिमाल मल्लले कतीपय ठाउँमा विकासको नाममा वन विकास हुदै गइरहेको बताउनुहुदै वनको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताए । रामपुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष मित्रलाल कंडेलले प्राकृतिक स्रोत साधनलाई वैज्ञानिक रुपमा प्रयोग गर्नुपर्ने बताए ।
सहजकर्ता लेखनाथ शर्मा मरासिनीले कार्यक्रमको सहजिकरण गर्नुहुदै वन र कृषि कार्यलाई आर्थिकउपार्जन संग जोडेर काम गर्न सकियो भने उपभोक्ताको जीवनस्तर माथि उकासिने बताए ।
रामपुर आयुर्वेद औषधालयका प्रमुख चेमनप्रकाश पोखरेलले वन जंगलमा पाइने जडिबुटी खेती र यसको महत्वका सन्दर्भमा जानकारी दिए । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका उपाध्यक्ष सिर्जना घिमिरेले वनले अहिले टिमुर, अम्रिसो, दालचिनी लगायतका विभिन्न विरुवा रोपण गरी आयआर्जनमुलक क्षेत्रमा अग्रसर भएर काम गरेको बताए ।
सामुदायिक वनको तर्फबाट कोप्चे सामुदायिक वनका अध्यक्ष लेखनाथ पोखरेलले सामुदायिक वनको महत्वलाई बुझेर आयआर्जनलाई जोडेर काम गर्नुपर्नेमा जोड दिए । सामुदायिक वन महासंघ रामपुरका नगर सचिव लक्ष्मी थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सामुदायिक वन महासंघ निस्दीका संयोजक विष्णुदेव सोमैले गरेका थिए कृषि शाखाको हल रामपुरमा भएको कार्यक्रम सामुदायिक वन महासंघ नगर अध्यक्ष मित्रा ढकालको अध्यक्षतामा चलेको हो ।

SHARE