मालिकामा उन्नत जातको भैसी ल्याउने किसानलाई ५० हजार अनुदान

0
458

असार२५,२०७८ गुल्मीः उन्नत जातको भैसी किन्ने किसानलाई मालिका गाउँपालिकाले ५० हजार अनुदान दिएको छ ।
गाउँपालिकाको भैसी प्रर्वद्धन कार्यक्रम अन्र्तगत वडा नम्बर ४ र ६ का किसानले उन्नत जातको भैसी खरिद गरी ल्याउने किसानलाई ढुवानी वापत पाँच हजार र अनुदान स्वरुप ५० हजार दिएको गाउँपालिकाले जनाएको छ ।
जय अम्बिका दुर्गा भवानी भैसीपालक कृषक समुह मार्फत तराइबाट वडा नम्वर चार अर्खाबाङमा १७ वटा , वडा नम्बर ६ अर्जैमा १३ वटा भैसी किसानले ल्याइ सकेको वडा नम्वर ६ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रबक्ता शोभाखर गिरीले जानकारी दिए । किसानले भैसी ल्याउने क्रम जारी रहेको छ ।
उन्नत जातको भैसी खरिद गरी ल्याउने किसानलाई ५० हजारका दरले अनुदान उपलब्ध गराइएको र ढुवानी वापत पाँच हजार पनि दिइएको गिरीको भनाई छ । भैसी प्रर्बद्धन कार्यक्रमका लागि २१ लाख बजेटको ब्यबस्था गरिएको हो ।
गाउँका काठे भैसीहरुले दुध पनि कम दिने भएकाले उन्नत जातको भैसी खरिद गरी किसानहरुको आयआर्जनमा बृद्धि गर्नका लागि यस्तो कार्यक्रम ल्याइएको गिरीले बताए । अर्जैमा दुध डेरी खोल्ने कार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

आगामी आर्थिक बर्षमा पनि यस कार्यक्रमलाई पुरै गाउँपालिका सबै वडामा संचालन गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्रका नागरिकहरुलाई आर्थिक हिसाबले अगाडी बढाउनका लागि कृषि र पशुपालन नै उत्तम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए ।
आफूले भैसी खरिद गरि गाउँपालिकाबाट ५० हजार रुपैयाँ अनुदान पाएकोमा खुसी भएको बताउछन् अर्जै फुलवारीका किसान जुद्ध खत्री । मनपरेको भैसी छानेर ल्याउन पनि पाइने र अनुदान पनि पाएकोमा उनले गाउँपालिकालाई धन्यबाद दिए ।
गाउँपालिकाले ब्यबसायीक रुपमा कृषि र पशुपालन गर्ने किसानलाई अनुदान , उपकरण र तालिमहरुको ब्यबस्था गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

SHARE