
असार२४,२०७८ गुल्मीः पहिरोका कारण कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट बजार जोखिममा परेको छ ।
स्थानीय गोपाल पराजुलीको घरमुनीबाट झरेको पहिरोका कारण जितबहादुर नेपाली, सुदर्शन श्रेष्ठ लगायतका करिब १५ घर जोखिममा रहेको र उनीहरुलाई आफन्तकोमा सारिएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए ।
हिजो देखि अबिरल रुपमा परेको बर्षाका कारण पहिरो झरेको र बजार नै जोखिममा परेको थापाको भनाई छ । बर्षाकै बिच अहिले डोजर लगाएर पानीको भल पन्छाउने काम भइरहेको थापाले बताएका छन् ।बर्षा रोकिएपछि के गर्न सकिन्छ भन्ने बारेमा थप सोच्ने र निर्णय लिइने थापाले बताए ।
लगातार बर्षा भइराखेकाले पहिरो अझै झर्ने होकी भन्ने त्रास भइरहेको स्थानीहरुले बताएका छन् ।
यता लगातार परेको बर्षाका करण कालीगण्डकी करिडोर अन्र्तगत रिडी रुद्रबेनी सडक खण्डको लामाचौपारीमा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लाका ग्रामीण स्तरका अधिकांस सडकहरु पहिरोका कारण अबरुद्ध भएका छन् ।







